वैशाख २६, २०८२ शुक्रबार | १६:१७:५४
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल, दीपेन्द्रलाई विश्राम

काठमाडाैं । घरेलु टोली नेपालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुर त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

सेमिफाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले हराएका थिए ।

नेपाल समूह चरणमा व्यहोरेको हारको बदला लिँदै च्याम्पियन बन्ने लक्ष्यमा छ । अपराजित ओमान पनि जितको लयलाई कायम राख्दै उपाधि जित्न चाहन्छ ।

समूह चरणमा ओमानले नेपाललाई पाँच रनले पराजित गरेको थियो ।

प्रशिक्षक मोन्टी देसाई ओमानविरुद्धको खेलमा एक परिवर्तन गरेका छन् । चोटका बबाजुत जोखिम मोलेर युएईविरुद्धको खेल खेलले अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई ओमानविरुद्ध भने विश्राम दिइएको छ । उनको स्थानमा सन्दीप जोराले मौका पाएका छन् ।

सिंगापुरविरुद्धको पहिलो खेलअघि अभ्यास गर्ने क्रममा खुट्टामा चोट लाग्दा उनले समूह चरणका कुनै पनि खेल खेलेका थिएनन् । युएईविरुद्ध मैदान उत्रिए पनि दीपेन्द्रले ब्याटिङ र बलिङ दुवै गर्नु परेको थिएन ।

हालसम्म दुई टोलीबीच पाँच खेल हुँदा नेपालले तीन तथा ओमानले दुई खेल आफ्नो पक्षमा पारेका छन् । 

नेपालको  टाेली

 रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, सन्दीप जोरा, विवेककुमार यादव, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा ,अविनाश बोहरा , सन्दीप लामिछाने 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP