काठमाडौं । आईसिसी एकदिवसीय विश्वकपमा आइतबार आयोजक भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल कोलकत्ताको इडेन गार्डेन्समा दिउसो सवाँ २ बजे सुरु हुनेछ । विश्वकपमा दुबै टोलीेले सेमिफाइनल स्थान पक्का गरिसकेका छन् ।
दक्षिण अफ्रिकाका ओपनर तथा विकेट किपर क्विंटन डि काकले चार सतक बनाइसकेका छन् । उनले सात इनिङ्समा पाँच सय ४५ रन बनाए ।
भारतका पूर्व कप्तान विराट कोहली पनि निकै लयमा छन् । उनले सात खेलमा एक सतक र तीन अर्धसतक बनाए । यसैगरी ओपनर सुभमन गिलपनि लयमा छन् ।
यसैगरी दक्षिण अफ्रिकाका बल मार्काे यान्सलले १४ विकेट लिएका छन् । भारतका रविन्द्र जडेजाले ९ विकेट लिएका छन् । मोहम्मद सामीले १४ विकेट लिएका छन् । दुई पटक पाँच विकेट लिइसकेका छन् । घाइते भएपछि हार्दिक पांड्या टोली बाहिर भएका छन् ।
जारी विश्वकपमा दुबै टोली सेमिफाइलन पुगिसकेका छन् । समान ७ खेल खेलको भारतको १४ अंकसहित शीर्षस्थान र दक्षिण अफ्रिका १२ अंकसहित दोस्रो स्थानमा छ ।
दुईबीचको पछिल्लो पाँच भेटमा दक्षिण अफ्रिकाले तीन र भारतले दुई खेल जितेको छ ।