काठमाडौं । अफगानिस्तानले भारतमा जारी आइसिसी एदिवसीय विश्वकपआइसिसी एदिवसीय विश्वकपमा नेदरल्यान्ड्समाथि सात विकेटको सहज जित निकालेको छ ।
जितसँगै सात खेलमा आठ अंक जोडेको अफगानिस्तानले सेमिफाइनल सम्भावन जिवितै राखेको छ । पाँचौं पराजयसँगै समान खेलबाट चार अंक जोडेको नेदरल्यान्ड्सको भने सेमिफाइनल सम्भावना समाप्त भएको छ ।
लाखनउस्थित एकान क्रिकेट मैदानमा शुक्रबार नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य अफगानिस्तानले ३१.३ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो ।
अफगानिस्तानका लागि कप्तान हस्मतुल्लाह शहिदीले ६४ बलमा ६ चौकाको मद्दतले अविजित रहँदै ५६ रनको योगदान गरे । यसैगरी रहमत शाहले ५४ बलमा आठ चौकाको मद्दतले ५२, अज्मतुल्लाह ओमरजाइले अविनित ३१ इम्रान जाद्रनले २० र रहमनुल्लाह गुर्बाजले १० रन बनाए ।
शहिदीले तेस्रो विकेटका लागि शाहसँग ७४ तथा चौथो विकेटका लागि ओमरजाइसँग अविजित ५२ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका लागि लोगन भान बिक, रोलेफ भान डेर मार्वी र सकिब जुल्फिकरले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७९ रनको योगफल तयार पारेको थियो ।
नेदरल्यान्डसका लागि साइब्रान्ड एन्गलब्रेचले ८६ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान गरे । यसै गरी म्याक्स ओ’ डोउडले ४२, कोलिन एकरम्यानले २९, रोलेफ भान डेर मार्वीले ११ र आयर्न दत्तले अविजित १० रन बनाए ।
दोस्रो विकेटका लागि ओ’ डोउड र एकरम्यानले ६९ रनको साझेदारी गरे । अफगानिस्तानका लागि मोहम्मद नाबीले तीन, नुर अहमदले दुई र मुजिब उर रहमानले एक विकेट लिए ।