आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोट

युएईविरुद्ध आसिफको अर्धशतक

काठमाडौं । नेपालका ओपनर आसिफ शेखले आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

मुलपानी क्रिकेट मैदानमा १ सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि आसिफले ३९ बलमा ६ चौका र एक छक्काको मद्दतले  अर्धशतक पूरा गरेका हुन् । आसिफको ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो चौथो अर्धशतक हो ।

आजको खेल जित्ने टोली आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।