वैशाख २६, २०८२ शुक्रबार | १६:२५:५०
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

युएईले दियो नेपाललाई १ सय ३५ रनको लक्ष्य

काठमाडौं । युएईले आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा  नेपासामू  १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा टस जितेर ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १ सय २४ रनको योगफल तयार पारेको थियो ।

चौथो ओभरको पहिलो खेलमा सोमपाल कामीले कालिद शाहलाई रन आउट गराए । चार बलको सामना गरेका उनले तीन रन बनाए ।

सोही ओभरको चौथो बलमा सोमपालले कप्तान मोहम्मद वासिमलाई व्यक्तिगत २६ रनमा करण केसीबाट क्याच गराए । वासिमले १६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।

१० औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले आसिफ खानलाई व्यक्तिगत १३ रनमा एलविडब्ल्युको धरापमा पारे । उनले १४ बलमा एक चौका प्रहार गरे । 

१४ औं ओभरको चौथो बलमा अलिशान शराफु १४ बलमा तीन चौकाको मद्दतले १६ रन बनाएर आउट भए । उनलाई कुशल मल्लले सोमपाल कामीबाट क्याच गराएका हुन् ।

कप्तान रोहितकुमार पौडेलले १६ औं ओभरको पाँचौं बलमा अली नासिरलाई कुशल भुर्तेलबाट क्याच गराए । नसिले सात बलमा चार रन बनाए ।

१८ औं ओभरको पहिलो बलमा सन्दीप लामिछानले बसिल हामिदलाई व्यतिगत तीन रनमा गुल्शन झाबाट क्याच गराए । हामिदले मात्र तीन बलको सामना गरे ।

२० औं ओभरको पहिलो बलमा कुशल मल्लले अर्धशतक प्रहार गरेका वृत्य अरविन्दलाई गुल्शनबाट क्याच गराए । अरजिन्दले ५१ बलमा आठ चौका र दुई छक्का प्रहार गरे ।

सोही ओभरको तेस्रो बलमा कुशलले आयर आफ्जल खनालाई एक रन कुशल भुर्तेलबाट क्यान गराए । खानले सात बलको सामना गरे ।

नेपालका लागि कुशल मल्लले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र रोहित पौडेलले समान एक विकेट लिए ।

आजको खेल जित्ने टोली आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा छनोट हुनेछ । घरेलु टोली नेपाल युएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाउने योजनामा छ । 

समूह ‘ए’ बाट ओमान विजेता र नेपाल उपविजेता तथा समूह ‘बी’ बाट युएई विजेता र बहराइन उपविजेता हुँदै अन्तिम चारमा स्थान बनाएका हुन् । समूह ‘ए’ का मलेसिया र सिंगापुर तथा समूह ‘बी’ का हङकङ र कुवेतको यात्रा भने अगाडि बढ्न सकेन ।

समूहको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित हुँदै उपविजेता भएको थियो । त्यसअघि नेपालले सिंगापुरलाई आठ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

प्रशिक्षक मोन्टी देशाईले समूह चरणमा नखेलेका दीपेन्द्रसिंह ऐरीलाई मैदान उतारेका छन् । दीपेन्द्रले सन्दीप जोराको स्थान लिएका हुन् ।

सिंगापुरकोविरुद्धको पहिलो खेल अगाडी अभ्यास गर्ने क्रममा दीपेन्द्र घाइते भएका थिए ।

यता अपराजित रहेको युएई नेपालविरुद्ध पनि त्यसलाई निरन्तरता दिन चाहन्छ । युएईले बहराइन र कुवेतलाई समान पाँच विकेट तथा हङकङलाई २२ रनले पराजित गरेको थियो ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP