वैशाख २६, २०८२ शुक्रबार | १६:३५:५३
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

युएईविरुद्ध फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र टोलीमा फर्किए

फाइल तस्वीर

काठमाडौं । आइसिसी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा घरेलु टोली नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेल जित्ने टोली आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा छनोट हुनेछ । घरेलु टोली नेपाल युएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाउने योजनामा छ । 

समूह ‘ए’ बाट ओमान विजेता र नेपाल उपविजेता तथा समूह ‘बी’ बाट युएई विजेता र बहराइन उपविजेता हुँदै अन्तिम चारमा स्थान बनाएका हुन् । समूह ‘ए’ का मलेसिया र सिंगापुर तथा समूह ‘बी’ का हङकङ र कुवेतको यात्रा भने अगाडि बढ्न सकेन ।

समूहको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित हुँदै उपविजेता भएको थियो । त्यसअघि नेपालले सिंगापुरलाई आठ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

प्रशिक्षक मोन्टी देशाईले समूह चरणमा नखेलेका दीपेन्द्रसिंह ऐरीलाई मैदान उतारेका छन् । दीपेन्द्रले सन्दीप जोराको स्थान लिएका हुन् । 

 सिंगापुरकोविरुद्धको पहिलो खेल अगाडी अभ्यास गर्ने क्रममा दीपेन्द्र घाइते भएका थिए । 

यता अपराजित रहेको युएई नेपालविरुद्ध पनि त्यसलाई निरन्तरता दिन चाहन्छ । युएईले बहराइन र कुवेतलाई समान पाँच विकेट तथा हङकङलाई २२ रनले पराजित गरेको  थियो ।

यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने दोस्रो सेमिफाइनलमा ओमान र बहराइनबीच प्रतिस्पर्धा गर्दैछन् । 

 नेपाली टोली 
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, विवेककुमार यादव, सन्दीप लामिछाने


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP