वैशाख २६, २०८२ शुक्रबार | १६:०९:२८
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

एकदिवसीयविश्वकपः सानदार जितसहित भारत सेमिफाइनलमा

काठमाडौं । श्रीलंकामाथि ३ सय २ रनको सानदार जित निकाल्दै घरेलु टोली भारत आइसिसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लगातार सातौं जित निकालेको भारत १४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । पाँचौ पराजयसँगै समान खेलमा चार अंक जोडेको श्रीलंकाको भने सेमिफाइनल सम्भावना समाप्त भएको छ ।

मुम्बईस्थित वान्खडे क्रिकेट मैदानमा बिहीबार भारतले प्रस्तुत गरेको ३ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.४ ओभरमा ५५ रनमै समेटियो ।

श्रीलंकाका लागि कासुन रजिथाले १४ तथा महेश तिक्क्षणा र एन्जेलो म्याथ्युजले समान १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि मोहम्मद शामीले पाँच ओभरमा एक मेडनसहित १८ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी मोहम्मद सिराजले तीत तथा जसप्रित बुमराह र रविन्द्र जडेजाले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३ सय ५७ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि शुभमन गिलले ९२ बलमा ११ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ९२ रनको योगदान गरे । विराट कोहलीले ९४ बलमा ११ चौकाको मद्दतले ८८ रन बनाए ।

यसैगरी श्रेयश अय्यरले ५६ बलमा ६ छक्का र तीन चौकाको मद्दतले ८२, रविन्द्र जडेजाले ३५, केएल राहुलले २१ र सूर्यकुमार यादवले १२ रन जोडे ।

दोस्रो विकेटका लागि शुभमन र विराटबीच १ स ८९ रनको साझेदारी भयो । यसैगरी श्रेयशले चौथो विकेटका लागि केएलसँग ६० र छैटौ विकेटका लागि रविन्द्रसँग ५७ रनको साझेदारी गरे ।

श्रीलंकका लागि दिलशन मदुशन्काले १० ओभरमा ८० रन खर्चिदै पाँच विकेट लिए । यसैगरी दुस्मन्था चमिराको नाममा एक विकेट रह्यो ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP