काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियासामू १ सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ९८ रनको योगफलत तयार पारेको थियो ।
मलेसियाका लागि कप्तान अहमद फैजले ६१ बलमा ६ छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी शार्भिन मुनिएन्डीले ४८ बलमा आठ चौकाको मद्दतले अविजित ६० र जुबैदी जुल्किफ्लीले ३८ रन बनाए ।
मुनिएन्डीले तेस्रो विकेटका लागि फैजसँग १ सय ८ र दोस्रो विकेटका लागि जुल्किफ्लीसँग ६८ रनको साझेदारी गरे ।
सिंगापुरका लागि रमेश कालिमुथुले दुई तथा जनक प्रकाश र थिलिप थिलाप्पनले समान एक विकेट लिए ।
प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोली सान्त्वना जितको लक्ष्यमा छन् । यसअघि दुवै टोली नेपाल र ओमानसँग पराजित भएका थिए ।