वैशाख २६, २०८२ शुक्रबार | १६:२७:४६
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

युएईको सामना गर्न उत्साहित छौंः प्रशिक्षक देसाइ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाइले टोली आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनमा युएईको समान गर्न उत्साहित रहेको बताएका छन् ।

बिहीबार समूह चरणको अन्तिम खेलमा ओमानसँग पराजित भएपछि नेपाल समूह ‘ए’ को उपविजेता भएको थियो । यसैगरी युएईले समूह ‘बी’ को विजेता बन्ने क्रममा हङकङलाई २२ रनले हराएको थियो ।

‘हरेक खेलमा नयाँ खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ड्रेसिङ  रूमको माहोल राम्रो छ ।  खेलाडीले आ-आफ्नो स्थानबाट सक्दो दिइरहेका छन् । भोलिको खेलमा ध्यान दिनेछौं, देसाइले ओमानसँगको खेलपछि भने,‘ सबैलाई एक-अर्काप्रति विश्वाश छ । उत्कृष्ट क्रिकेट खेल्ने प्रयासमा छौँ। सबैलाई राम्रो  गर्ने चुनाैती छ । मुलपानीमा शृंखला खेलिसकेले युईको सामना गर्न उत्साहित छौं । ’

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार ओमानले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १ सय ४० रनमा समेटियो ।

नेपालका लागि विवेश यादवले ३९, कुशल भुर्तेलले २६,करण केसीले १५, सेमपाल कामी,कप्तान रोहितकुमार पौडेल र सन्दीप जोराले समान १२ तथा कुशल मल्लले १० रन बनाए ।

ओमानका लागि बिलाल खानले तीन, शकिल अहमद, मेहरान खान र अकिब इल्यासले समान दुई तथा जिशन मक्सुदले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४५ रनको योगफलत तयार पारेको थियो । 

ओमानका लागि कप्तान जिशन मक्सुदले ३२, निशम खुशीले २४, प्रतिश अथवलेले २४, शकिल अहमदले अविजित २२ र आयन खानले १८ रन बनाए ।

नेपालका लागि करण केसीले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई तथा गुल्शन झा र अविनाश बोहराले समान एक विकेट लिए । 

नेपालले मुलपानी मैदान (माथिल्लो)  मा शुक्रबार सेमिफाइनलमा युएईसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपालले २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी २० विश्वकपका लागि छनोट हुनेछ ।  

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP