वैशाख २६, २०८२ शुक्रबार | १६:१६:५२
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

कीर्तिमानले भरिएको खेलमा नेपालले मंगोलियालाई २७३ रनले हरायो

काठमाडौं । चार विश्व कीर्तिमानसहित नेपालले चिनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरूष ट्वान्टी -२० क्रिकेटमा मंगोलियाविरूद्ध २७३ रनको जित निकालेको छ ।

युवा ब्याटर कुशल मल्लको सतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतकप्रेरित नेपालले मंगोलियालाई निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १५ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो ।

झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा नेपाल चार विश्व कीर्तिमान सहित जित निकालेको हो ।

जवाफी ब्याटिङमा आएको मंगोलियाले १३.१ ओभरमै अल आउँदा हुँदा मात्र ४१ रन बनाउन सक्यो । मंगोलियाका कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन्। दुई खेलाडी शुन्यमा पेभिलियन फर्किए ।

नेपालको करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने समान दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको नाममा समान एक विकेट रह्यो ।

झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा नेपाल चार विश्व कीर्तिमान सहित जित निकालेको हो ।

सबैभन्दा ठूलो योगफल बनाउने कीर्तिमान नेपालको रह्यो । तीन सय १४ रनको योगफल ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि देशले बनाएको सबैभन्दा ठूलो योगफल हो । यस अघि अफगानिस्तानले आयरल्यान्डतथा चेक रिपब्लिकले टर्कीविरुद्ध   सन् २०१९ मा २७८ रनको योगफल बनाएका थिए  । जुन रेकर्ड नेपालले ताेडेकाे हाे । 

 सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान नेपालका कुशल मल्लले राखेका छन् । देब्रे हाते ब्याटर कुशल मल्लले ३४ बलमा शतक पुरा गर्दै विश्व  कीर्तिमान बनाएका हुन् यसअघि अस्ट्रेलियाका डेभिड वार्नर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका एस विक्रमसेकराले ३५ बलमा शतक बनाउदै यो रेकर्ड बनाएका थिए । 

यसैगरी सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान नेपालका कुशल मल्लले राखेका छन् । देब्रे हाते ब्याटर कुशल मल्लले ३४ बलमा शतक पुरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् । यसअघि अस्ट्रेलियाका डेभिड वार्नर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका एस विक्रमसेकराले ३५ बलमा शतक बनाउदै यो रेकर्ड बनाएका थिए । जसलाई कुशलले पछि पारेका छन् ।

अर्काे कीर्तिमान सबैभन्दा छिटो अर्धशतक बनाउने नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी बने । भारतका युवराज सिंहले सन् २००७ मा इङ्ल्यान्डवि?द्ध १२ बलमा बनाएको अर्धशतकको रेकर्ड तोड्दै दिपेन्द्रले कीर्तिमान राखेका हुन् । ऐरीले मात्र ९ बलमा अर्धशतक पूरा गरे । यस क्रममा उनले सामना गरेको पहिलो ६ बलमा छक्का गरेका थिए । १९औं ओभरमा लगातार पाँच छक्का प्रहार गरेका थिए ।

यस्तै सर्वाधिक ठूलो स्कोरले जित निकाल्न सफल भएको छ । यसअघि चेक रिपब्लिकले टर्कीविरुद्ध दुई सय ५७ रनको सर्वाधिक ठूलो जित निकालेको थियो । नेपालले मंगोलियाविरुद्ध सर्वाधिक दुई सय ७३ रनको जित निकालेको छ । 
 

युवा ब्याटर कुशल मल्लको सतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतकप्रेरित नेपालले मंगोलियालाई निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १५ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो ।

तेस्रो नम्बर क्रिजमा आएका कुशल मल्लले कीर्तिमानी सतक बनाएका हुन् । कुशलले ५० बलमा एक सय ३७ रन बनाए । कप्तान रोहितले २७ बलमा ६१ रन बनाएर आउट भए । दुई चौका र ६ छक्काको वर्षात गरेका रोहित क्याच आउट भएका हुन् । मल्ल र रोहितले तेस्रो विकेटको लागि एक सय ९३ रनको बलियो साझेदारी गरेका थिए ।

पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको मंगोलिया बलिङ, फिल्डिङ र ब्याटिङमा कमजोर प्रदर्शन गरेको थियो । नेपाली ब्याटरले सानदार प्रदर्शन गरेपनि मंगोलियन खेलाडी दवावमा आए । फलतः नेपाल टी२० आईकै ठूलो स्कोर बनाउन सफल भयो । मंगोलियन खेलाडीले बारम्बार कुशल मल्ल र रोहितको क्याच छाडेका थिए । ब्याटिङतर्फ पनि मंगोलियाका कुनै खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् ।

तेस्रो नम्बर क्रिजमा आएका कुशल मल्लले कीर्तिमानी सतक बनाएका हुन् । कुशलले ५० बलमा एक सय ३७ रन बनाए । कप्तान रोहितले २७ बलमा ६१ रन बनाएर आउट भए । दुई चौका र ६ छक्काको वर्षात गरेका रोहित क्याच आउट भएका हुन् । मल्ल र रोहितले तेस्रो विकेटको लागि एक सय ९३ रनको बलियो साझेदारी गरेका थिए ।

यसअघि कुशल मल्लले ३४ बलमा सतक बनाए । उनले ६ चौका र आठ छक्का प्रहार गर्दै एक सय रन पूरा गरेका थिए । कुनै पनि खेलाडीले ३४ बलमा सतक बनाएको पहिलो पटक हो ।

यसअघि कुशलले १९ बलमा अर्धसतक बनाएका थिए । कुशल मल्लले १९ बलमै अर्धसतक बनाउँदै ज्ञानेन्द्र मल्लको कीर्तिमान भंग गराएका छन् । ज्ञानेन्द्रले २० बलमा अर्धसतक बनाएका थिए ।

पाँचौ नम्बर क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले १९औं ओभरमा पाँच बलमा पाँच छक्का प्रहार गरेका थिए । उनले ९ बलमा आठ छक्कासहित ५२ रन बनाए । दीपेन्द्र टी–२० आईमा १० बलमै अर्धसतक बनाउने विश्वको पहिलो खेलाडी बनेका छन् ।

पाँचौ नम्बर क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले १९औं ओभरमा पाँच बलमा पाँच छक्का प्रहार गरेका थिए । उनले ९ बलमा आठ छक्कासहित ५२ रन बनाए । दीपेन्द्र टी–२० आईमा १० बलमै अर्धसतक बनाउने विश्वको पहिलो खेलाडी बनेका छन् ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए । भुर्तेल १९ र शेख १६ रन बनाएर आउट भए ।

मंगोलियाको अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेल हो । यसअघि उसले कुनै पनि फर्म्याटकाे  क्रिकेट खेलेको थिएन । मंगोलियापछि नेपालले माल्दिभ्सको सामना गर्नेछ ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP