काठमाडौं । युवा ब्याटर कुशल मल्लको सतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतकप्रेरित नेपालले मंगोलियालाई तीन सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
चिनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा टस हारेर सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १४ रन बनाएको हो ।
पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको मंगोलिया बलिङ र फिल्डिङतर्फ कमजोर प्रदर्शन गरेको थियो । नेपाली ब्याटरले सानदार प्रदर्शन गरेपनि मंगोलियन खेलाडी दवावमा आए । फलतः नेपाल टी२० आईकै ठूलो स्कोर बनाउन सफल भयो । मंगोलियन खेलाडीले बारम्बार कुशल मल्ल र रोहितको क्याच छाडेका थिए ।
कुशल मल्लले ३४ बलमा सतक बनाए । उनले ६ चौका र आठ छक्का प्रहार गर्दै एक सय रन पूरा गरेका थिए । कुनै पनि खेलाडीले ३४ बलमा सतक बनाएको पहिलो पटक हो ।
तेस्रो नम्बर क्रिजमा आएका कुशल मल्लले कीर्तिमानी सतक बनाएका हुन् । कुशलले ५० बलमा एक सय ३७ रन बनाए । कप्तान रोहितले २७ बलमा ६१ रन बनाएर आउट भए । दुई चौका र ६ छक्काको वर्षात गरेका रोहित क्याच आउट भएका हुन् ।
मल्ल र रोहितले तेस्रो विकेटको लागि एक सय ९३ रनको बलियो साझेदारी गरेका थिए ।
यसअघि कुशल मल्लले ३४ बलमा सतक बनाए । उनले ६ चौका र आठ छक्का प्रहार गर्दै एक सय रन पूरा गरेका थिए । कुनै पनि खेलाडीले ३४ बलमा सतक बनाएको पहिलो पटक हो ।
पाँचौ नम्बर क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले १९औं ओभरमा पाँच बलमा पाँच छक्का प्रहार गरेका थिए । उनले १० बलमा आठ छक्कासहित ५२ रन बनाए । दीपेन्द्र टी–२० आईमा १० बलमै अर्धसतक बनाउने विश्वको पहिलो खेलाडी बनेका छन् ।
यसअघि कुशलले १९ बलमा अर्धसतक बनाएका थिए । कुशल मल्लले १९ बलमै अर्धसतक बनाउँदै ज्ञानेन्द्र मल्लको कीर्तिमान भंग गराएका छन् । ज्ञानेन्द्रले २० बलमा अर्धसतक बनाएका थिए ।
पाँचौ नम्बर क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले १९औं ओभरमा पाँच बलमा पाँच छक्का प्रहार गरेका थिए । उनले १० बलमा आठ छक्कासहित ५२ रन बनाए । दीपेन्द्र टी–२० आईमा १० बलमै अर्धसतक बनाउने विश्वको पहिलो खेलाडी बनेका छन् ।
झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए । भुर्तेल १९ र शेख १६ रन बनाएर आउट भए ।
यसअघि मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो । मंगोलियाको अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेल हो । यसअघि उसले कुनै पनि फम्र्याटको क्रिकेट खेलेको छैन ।
मंगोलियापछि नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपाली टोली कप्तान रोहितसँगै ओपनर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने छन् ।