१९ औं एसियाली खेलकुद

मंगोलियाविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौं । चिनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र मंगोलिया भिड्दैछन् ।

झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल टस हारेसँगै ब्याटिङ गर्ने छ ।

मंगोलियाको अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेल हो । यसअघि उसले कुनै पनि फम्र्याटको क्रिकेट खेलेको छैन । मंगोलियापछि नेपालले माल्दिभ्सको सामना गर्नेछ ।

नेपाली टोली कप्तान रोहितसँगै ओपनर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने छन् ।