काठमाडौं । एसिसी एसिया कपको सुपर फोरमा बिहिबार पाकिस्तान र श्रीलंका भिड्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे कोलम्बोस्थित आर प्रेमादाशा रंगशालामा हुनेछ ।
यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि भारतसँगको भेट पक्का गर्नेछ । फाइनल पुग्न पाकिस्तानलाई जित बाहेक अर्को विकल्प छैन त्यसैले श्रीलंकालाई भन्दा बढी दाबाब पाकिस्तानलाई हुनेछ ।
यदी यो खेल वर्षाका करण रद्द् भए श्रीलंका रनरेटको अधारमा फाइनल पुग्नेछ । यसअघि बंगलादेशलाई सात विकेटले पराजित गरेको पाकिस्तानले भारतसँग २ सय २८ रनको फराकिलो पराजय ब्यहोरेको थियो ।
यसैगरी बंगलादेशलाई २१रनले हराएको श्रीलंकाले भारतसँगको खेलमा ४१ रनले गुमाएको थियो ।
पाकिस्तानले टोलीमा पाँच परिवर्तन गरेको छ । फखर जमान, हरिस रौफ, नसिम शाह, फहिम अशरफ र अघा सलमान बेन्चमा रहँदा मोहम्मद हरिस, साउद सकिल, मोहम्मद नवाज, मोहम्मद वासिम जुनियर र जमान खानले मौका पाएका छन् ।
पाकिस्तानी टोली
बाबर आजम (कप्तान), मोहम्मद हरिस, इमाम उल हक, मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, मोहम्मद वासिम जुनियर र जमान खान