एसिसी एसिया कप

एसिसी एसिया कपः भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकियो

फाइल तस्बिर


काठमाडौं । एसिसी एसिया कपअन्तर्गत भारत र पाकिस्तानबीच जारी सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ ।

श्रीलंकाको आर प्रेमादाशा क्रिकेट रंगशालामा ३ सय ५७ रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानले ११ ओभरमा दुई विकेट गुमाउँदै ४४ रन बनाएको अवस्थामा खेल रोकिएको हो ।

पाकिस्तानका लागि फखर जमान १४ र मोहम्मद रिजवान एक रन बनाएर क्रिजमा छन् । यसैगरी कप्तान बाबर अजाम १० र इमान उल हक नौ रन बनाएर आउट भए ।

भारतका लागि जस्प्रित बुमराह र हार्दिक पान्ड्याले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा दुई विकेट गुमाउँदै ३ सय ५६ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि विराट काहलीले अविजित १ सय २२, केएल राहुुलले अविजित १ सय ११, शुभमन गिलले ५८ र कप्तान रोहित शर्माले ५६ रनको योगदान गरे ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदी र शादब खानले समान एक विकेट लिए ।

आइतबार पनि वर्षाका कारण खेल हुन नसकेपछि सोमबारका लागि सारिएको थियो ।