पारस खड्का

अध्यक्षमा निर्वाचित भएपछि पारस भन्छन्- अब कामबाट चिनिने छु

काठमाडौं ।  बागमती प्रादेशिक क्रिकेट संघका नवनिर्वाचित अध्यक्ष पारस खड्काले अब कामबाट चिनिने बताएका छन् ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समते रहेका पारसले यसअघि बाहिर बसेर क्रिकेटमा परिवर्तन गर्नु पर्छ भन्दै आए पनि अब काम गरेर देखाउनु पर्ने प्रतिक्रिया दिएका हुन्  ।

संघको शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले १३ सस्यीय कार्यसमितिमा पारसको प्यानललाई निर्वाचित गरेको हो ।

‘सबै मतदातालाई धन्यवाद  । चार जिल्लाले सहकार्य गरेका थियौं । दुई दशक क्रिकेट खेले । खेल र चुनाव फरक हुने रहेछ । टिम वर्कले नै विजयी भएका हौं । आजबाट मेरो जिम्मेवारी फेरिएको छ । म माथि भरोसा देखाएमा सबैलाई धन्यवाद दिन चाहन्छु,’पारसले भने,‘ प्रदेश र नेपाली क्रिकेटको लागि धेरै काम गर्ने सोच छ । घोषणा गर्नुअघि गाह्रो थियो । पक्का भएको थिएन । चार जिल्लाको सार्थनले मलाई सहज भयो ।’

यसैगरी पारसले अहिले नै नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय चुनावमा उठ्ने वा नउठ्ने बारेमा केही निर्णय नभए र सबैसँगको छलफलपछि मात्रै अगाडि बढ्ने बताए ।

अहिले नै केन्द्रिय चुनवाको बारेमा केही निर्णा भएको छैन। एक पटक सबैसँग बसेर छलफल गर्छु । राम्रो टोली बनाउने प्रयासमा छु ।  काम गर्न सक्ने र राम्रो सोच विचार भएको संगठन होस् भन्ने मेरो चाहना हो।  सम्पूर्ण जिल्ला र प्रदेशसँग समन्वय गरेर कुन पदमा उठने निर्णय गर्छु, पारसले थपे,‘ चुनावमा हार जित हुन्छ। जिम्मेवार पदमा भएपछि जिल्लालाई एउटै दृष्टिकोणले हुर्नुपर्ने हुन्छ। जित्दा खुसी लाग्छ। धेरै पहिलेदेखि क्रिकेटको संरचना परिवर्तन गर्नुपर्छ भन्दै आएको थिए, आजबाट मैले यसमा काम गर्नु पर्नेछ । अब कामबाट चिनिनेछु ।’

यो पनि

बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस निर्वाचित