वैशाख २८, २०८२ आइतबार | १५:१९:३२
डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन

बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस निर्वाचित

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।

संघको शुक्रबार सम्पन्न दोस्रो अधिवेशन तथा साधाराणसभाले अध्क्षमा खड्कासहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

चार जिल्लाको समर्थन पाएका पारसले प्रतिद्धन्द्धी उमेश पियालाई नौ मतान्तरले पराजित गरे । पारसले २३ मत प्राप्त गर्दा उमेशको पक्षमा १४  मत खसेको थियो ।

पारस काठमाडौं जिल्ला क्रिकेट संघका कार्यसमिति सदस्य तथा उमेश चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष पनि हुन् ।

पासलाई काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर जिल्लाको समर्थन थियो । पियालाई नुवाकोट र चितवन जिल्लाले समर्थन गरेका थिए ।

२३ मतका साथ उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री निर्वाचित भए । उनका प्रतिस्पर्धी  रुपक रञ्जितले १४ प्राप्त गरे ।

यसैगरी सचिवमा चिर्वाचित भएका प्रशन्न शाक्य २३ मत प्राप्त गरे ।  पराजित भएका प्रज्वल सापकोटाको पक्षमा १४ मत रह्यो ।

कोषाध्यक्षमा सञ्जय बस्नेत विजय बोहरालाई पराजित गरे । सन्जयले २३ र विजयले १४ मत प्राप्त गरेका थिए ।

सदस्यमा अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र बसन्तराज सत्यालले समान २३ मत प्राप्त गरेर निर्वाचित भए ।

यसैगरी पराजित भएका अनुजमान श्रेष्ठले १६ मत प्राप्त गर्दा अर्जुन केसी, सुरज ज्ञवाली, ध्रुव शर्मा, करण खतिवडा, सुरज सिलवाल, रामधन ढकाल र पारस अधिकारीले समान १४ मत प्राप्त गरे ।

महिला सदस्यामा निरा राजोपाध्याय निर्विरोध निर्वाचित भइन् । मतदानमा ६ जिल्लाका २४ र निवर्तमान कार्यसमितिका १३ सदस्य गरि कुल ३७ मत खसेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय चुनाव आगमी असोज पहिलो साता हुँदैछ । त्यसअघि ४५ जिल्ला र सात प्रदेशको निर्वाचन सम्पन्न भएको छ ।

यसअघि कोशीमा सर्वजित पाण्डे, मधेशमा सुनिल महासेठ, गण्डकीमा सञ्जयकान्त सिंग्देल, लुम्बिनीमा सञ्जय गुरुङ र सुदूरपश्चिममाबासुदेव जोशी र कर्णालीमा पदमबहादुर खड्का विजयी भएका थिए ।

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP