आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोट

विश्वकप छनोटः टस हारेर फिल्डिङमा नेपाल

काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा बहराइनविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । 

समूह ‘ए’ अन्तर्गत  मलेसियाको क्वालालाम्पुर सेलान्गोर टर्फ क्लब रंगशालामा विहान ११ः१५ बजे सुरु हुने खेलमा बहराइनकी कप्तान दिपिका रासंगिकाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।

नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध पाँच रनको रोमाञ्चक जित निकालेको थियो ।

पहिलो खेलमा कतारविरुद्ध पाँच विकेटको सहज जित निकालेको बहराइन पनि नेपाललाई स्तब्ध बनाउने सोचमा छ ।

यी दुईबीचको पछिल्लो भेटमा नेपाल आठ विकेटले विजयी भएको थियो ।

यही समूहको अन्य खेलमा भुटानले कतार र मलेसियाले युनाइटेड अरब ईमिरेट्स (युएई) भिड्दैछन् ।