आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोट

विश्वकप छनोटः लगातार दोस्रो जितको लक्ष्यमा नेपाल

काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा बहराइनको सामना गर्दा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा हुने छ ।

समूह ‘ए’ अन्तर्गतको खेल मलेसियाको क्वालालाम्पुर सेलान्गोर टर्फ क्लब रंगशालामा विहान ११ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध पाँच रनको रोमाञ्चक जित निकालेको थियो ।

पहिलो खेलमा कतारविरुद्ध पाँच विकेटको सहज जित निकालेको बहराइन पनि नेपाललाई स्तब्ध बनाउने सोचमा छ ।

यी दुईबीचको पछिल्लो भेटमा नेपाल आठ विकेटले विजयी भएको थियो ।

यही समूहको अन्य खेलमा भुटानले कतार र मलेसियाले युनाइटेड अरब ईमिरेट्स (युएई) भिड्दैछन् ।