सन्दीप लामिछाने

सन्दीप एसिया कपका लागि पाकिस्तान जाँदै

फाइल तस्बिर

काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन सोमबार पाकिस्तान जाने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप बिहानको फ्लाइटमार्फत पाकिस्तान प्रस्थान गर्ने भएका हुन् ।  

सन्दीपलाई बिहान ९ः१० बजे राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ ।

सन्दीप विगत एक वर्ष यता नाबालिग बलात्कारको आरोपमा मुद्दा खेपिरहेका छन् । यो मुद्दाको सुनुवाइ धरै पटक सरिसकेको छ ।

सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो । मुद्धाको अर्को पेशी भदौ २१ गतेका लागि तोकिएको छ । यसकारण सन्दीपलाई एसिया कपमा सहभागी हुने बाटो खुलेको हो ।

एसिया कपमा सहभागी हुन नेपाली टोली गत मंगलबार नै पाकिस्तान गए पनि सन्दीप भने गएका थिएनन् ।

प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पाकिस्तानसँग भदौ १३ गते र भारतसँग भदौ १८ गते खेल्नेछ ।