फाल्गुन ४, २०८१ आइतबार | १०:४२:००
एसी मिलानको कठिन जित पिएसजीको अपराजित यात्रा जारी बोचुमसँग डर्टमन्ड पराजित सावित्रासम्मिलित ग्वेनगाम्पको पोष्टमा सात गोल वेलिंघमलाई रातो कार्ड, रियाल अंक बाढ्न बाध्य सिटीको जितमा ओमारको ह्याट्रिक नेपाल च्याम्पियन मिकेल मेरिनोको उत्कृष्ट प्रदर्शनमा आर्सनल विजयी बुटवलले गर्यो एरिकलाई रिटेन मनिष बुटवलको मार्की खेलाडी एसी मिलानको कठिन जित पिएसजीको अपराजित यात्रा जारी बोचुमसँग डर्टमन्ड पराजित सावित्रासम्मिलित ग्वेनगाम्पको पोष्टमा सात गोल वेलिंघमलाई रातो कार्ड, रियाल अंक बाढ्न बाध्य सिटीको जितमा ओमारको ह्याट्रिक नेपाल च्याम्पियन मिकेल मेरिनोको उत्कृष्ट प्रदर्शनमा आर्सनल विजयी बुटवलले गर्यो एरिकलाई रिटेन मनिष बुटवलको मार्की खेलाडी

पाकिस्तान फाइनलमा

काठमाडौं । घरेलु टोली श्रीलंका ‘ए’ लाई ६० रनले पराजित गर्दै पाकिस्तान ‘ए’ एसिसी मेन्स इमर्जिङ  टिम्स एसिया कपको फाइनलमा  प्रवेश गरेको छ ।

कोलम्बको पि सारा ओभलमा शुक्रबार सम्पन्न सेमिफाइनलमा पाकिस्तानले प्रस्तुत गरेको ३ सय २३ रनको लक्ष्य पछ्याएको श्रीलंका ४५.४ ओभरमा २ सय ६२ रनमै समेटियो ।

श्रीलंकाका लागि आविस्का फर्नान्डो र सहान अर्चिगेले सामन ९७ रनको योगदान गरे पनि टोलीलाई जित दिलाउन भने सकेनन् । फर्नान्डेजले ८५ बलमा १२ चौका र २ छक्का तथा अर्चिगेले १ सय ९ बलमा १२ चौका र एक छक्का प्रहार गरे ।

यसैगरी अशेन बन्दराले १७, कप्तान दुनिथ वेललागेले १४ तथा पसिन्दु सूरियाबन्दरा र चमिका करुणारत्नेले समान १० रन बनाए ।

तेस्रो विकेटका लागि फर्नान्डो र खर्चिगेले १ सय २८ रनको साझेदारी गरे ।

पाकिस्तानका लागि अर्शद इक्बालले ७.४ ओभरमा ३७ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी मुबासिर खान र सुफियन मुकिमले दुई तथा अमाद बटले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३ सय २२ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि ओमिर युसुफले ७९ बलमा १० चौका र एक छक्काको मद्दतमा सर्वाधिक ८८ रनको योगदान गरे । यसैगरी कप्तान मोहम्मद हरिसले ४३ बmमा पाँच चौकाको मद्दतमा ५२, मुबासिर खानले ४२, तैयब ताहिरले २६, मोहम्मद वासिमले २४, सयिम अयुबले २२, शहिबजादा फरहानले २२ र अर्शद इक्बालले खविजित १० रन बनाए ।

छैटौ विकेटका लागि हरिस र खानले ७३ रनको साझेदारी गरेका थिए ।

श्रीलंकका लागि चमिका करुणारत्ने, प्रमोद मदुसन र लाहिरु सम्रराकुनले समान दुई तथा सहान अर्चिगे र दुनिथ वेललागेले समान एक विकेट लिए ।

पाकिस्ताने आइतबार उपाधिका लागि भारत ‘ए’ र बंगलादेश ‘ए’ बीचको दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

 


भिडियो
फुटबल क्रेज किन पहिलाजस्तो रहेन ? यसो भन्छन्, AAHA RARA GOLD CUP हेर्न आएका दर्शक II ON THE SPOT
FOUR NATIONS CUP खेल्न UAE बाट आइपुगिन राष्ट्रिय टोलीकी स्टार REKHA PAUDEL
ON THE SPOT I POKHARA HALF MARATHON च्याम्पियन Santoshi Shrestha को सफलता रहस्यः ‘इन्जोए दी रेस’
KHELADI TALKS WITH AJAY PHUYAL I PREM KUMAR SHRESTHA I PRODUCER, ANJILA (BIOPIC OF NATIONAL CAPTAIN)
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba