वैशाख २६, २०८२ शुक्रबार | १६:२६:५२
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

बंगलादेशलाई शृंखला

काठमाडौं । अफगानिस्तानविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला घरेलु टोली बंगलादेशले २-० ले जितेको छ ।

शेहद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राति सम्पन्न दोस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएकाे हाे । पहिलो खेलमा बंगलादेश २ विकेटले विजयी भएको थियो ।

खेलमा बंगलादेशका तास्किन अहमेदले ५० विकेटको कोशेढुंगा पार गरेका छन् । यसअघि रहमादुल्लाह गुर्बाज र हज्रतुल्लाह जाजैले यो कीर्तिमान बनाएका थिए ।

वर्षाले खेल प्रभावित भएपछि १७ ओभरमा खेलाइएको थियो । टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा सात विकेट गुमाउँदै एक सय १६ रन बनाएको थियो । एक सय १७ रनको लक्ष्य पाएको बंगलादेशले प्रत्युत्तरमा पाँच बल बाँकी छँदै विजय भयो ।

बंगलादेशका ओपनर लिटन दासले  ३६ बलमा ३५ र आफिफ हुशैनले २० बलमा २४ रन  जाेडे । पहिलो विकेटको लागि लिटन र हुशैनले ६७ रनको साझेदारी गरेका थिए ।

यसैगरी तथा टोविद रिदोयले १९ र ‘प्लेयर अफ दि म्याच’ कप्तान सकिव अल हसनले  अविजित १८ रनको योगदान गरे  । 

अफगानिस्तानका मुजिव रहमान र अज्मतुल्लाह ओमार्जाइले समान दुई विकेट लिए  ।

यसअघि शीर्षक्रम र तल्लोक्रमका ब्याटरले कमजोर प्रदर्शन गर्दा अफगानिस्तान सस्तैमा समेटिएको थियो । छैटौं नम्बरमा क्रिजमा आएका ओमार्जाइले सर्वाधिक २५ रन बनाए ।

इब्राहिम जाद्रनले २२ र करिम जनातले २० रनको योगदान गरे  । बंगलादेशका टास्किन अहमेदले सर्वाधिक तीन विकेट लिए । कप्तान सकिव र मुस्ताफिजुर रहमानले समान दुई विकेट हात पारे । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP