आइसिसी एकदिवसीय विश्पकप छनोट

एकदिवसीय विश्वकप छनोटः स्कटल्यान्डको रोमाञ्चक जित

काठमाडौं । स्कटल्यान्डले आइसिसी एकदिवसीय विश्पकप छनोटमा आयरल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित निकालेको छ ।  

यससँगै विजयी सुरुआत गरेको समूह ‘बी’ को स्कटल्यान्डले दुई अंक जोडेको छ । लगातार दोस्रोमा पराजय ब्यहोरेको आउरल्यान्ड अंकविहिन छ । आयल्यान्ड पहिलो खेलमा ओमानसँग पाँच विकेटले पराजित भएको थियो । 

जिम्बावेको हरारेस्थित क्विन्स स्पोर्टस क्लबमा बुधबार सम्पन्न खेलमा आयरल्यान्डले प्रस्तुत गरेको दुई सय ८७ रनको लक्ष्य स्कटल्यान्डले अन्तिम बलमा नौ विकेट गुमाउँदै भेट्टायो ।

 स्कटल्यान्डका लागि माइकल लिस्कले ६१ बलमा नौ चौका र चार छक्काको मद्दतमा अविजित ९१ रनको योगदान गरे । यसैगरी किस्टोफर म्याकबिडले ६० बलमा ६ चौका र एक छक्काको मद्दतमा ५६, मार्क वाटले ४७, क्रिग ग्रेभिसले २०, थोमस म्याकिन्थोसले १८, जर्ज मुन्सेले १५ तथा कप्तान रिची बेडिङ्टन र ब्रन्डन म्याकमुलनले १० रन बनाए । 

आठौं विकेटका लागि लिस्क र वाटले ८२, नवौं विकेटका लागि लिस्क र सफियान सरिफ तथा दोस्रो विकेटका लागि म्याकब्रिड र ब्रन्डन म्याकमुलन समान ५० रनको साझेदारी गरे । सरिफले नौ रन बनाए । 

आयरल्यान्डका लागि मार्क अदिरले तीन, जोसुवा लिटिल र जर्ज डकरेलले समान दुई तथा कर्टिस क्याम्फरर वेन ह्वाइटले समान एक विकेट लिए ।

 यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८६ रनको योगफल तयार पारेको थियो । 

आयरल्यान्डका लागि कर्टिस क्याम्फरले एक सय आठ बलमा नौ चौका र चार छक्काको मद्दतमा एक सय २० रनको योगदान गरे । यसैगरी जर्ज डकरेल ९३ बलमा चार चौका र एक छक्काको मद्दतमा ६९, एन्डी म्याकबर्नीले ३२ र ग्यारेथ डेनालीले १९ रन बनाए ।

 छैटौं विकेटका लागि लागि क्याम्फर र डकरेलले एक सय सय ३६ रनको शतकीय साझेदारी गरे । 

स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेनले सात ओभरमा एक मेडनसहित ३४ रन खर्चेर पाँच विकेट लिए ।यसैगरी क्रिस सोले, मार्क वाट र क्रिस म्याकब्रिडले एक एक विकेट लिए ।

विश्वकप छनोट अन्तर्गत बुधबार नै सम्पन्न अर्को खेलमा ओमानले युएईमागि पाँच विकेको जित निकालेको छ ।