
काठमाडौं । घरेलु टोली मलेसियाले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा नेपालसामू १ सय १० रनको प्रस्तुत गरेको छ
वाइएसडी यूकेएम ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रनको योगफल तयार पारेको थियो ।
मलेसियाका लागि वान जुलियाले ४७ विनीफ्रेड दुराईसिंगमले २४ तथा महिरा इस्माइलले २० रन बनाए ।
नेपालका लागि कविता जोशीले दुई तथा ईश्वरी विष्टले एक लिए ।
शृंखला २-२ को बराबरीमा छ । शृंखलाको पहिलो खेलमा पाँच विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा सात तथा तेस्रो खेलमा २७ रनको जित निकालेको थियो ।
यसैगरी चौथो खेलमा नेपाल चार विकेटले पराजित भएको थियो ।