ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला

नेपालले दियो मलेसियालाई ९७ रनको लक्ष्य

काठमाडौं । नेपालले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा घरेलु टोली मलेसियासामू ९७लक्ष्य प्रस्तुत गरेको छ

वाइएसडी यूकेएम ओभलमा टस जितेर ब्याटिङ राजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९६ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागी इन्दु बर्माले ३२, विन्दु रावलले २४ र कविता जोशीले अविजित १२ रन बनाए ।

मलेसियाका लागी विनीफ्रेड दुराईसिंगमले तीन तथा महिरा इस्माइल र आइश्या एलिसाले समान एक विकेट लिए ।

नेपाल शृंखलामा २-१ ले अगाडी छ । शृंखलाको पहिलो खेलमा पाँच विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा सात तथा तेस्रो खेलमा २७ रनको जित निकालेको थियो ।