वैशाख ५, २०८२ शुक्रबार | ०३:२६:१४
लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि हैदराबादले दियो मुम्बईलाई १६३ रनको लक्ष्य रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक ‘ए’ डिभिजन क्लबहरूले एन्फाको नकआउट प्रतियोगिता नखेल्ने निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि हैदराबादले दियो मुम्बईलाई १६३ रनको लक्ष्य रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक ‘ए’ डिभिजन क्लबहरूले एन्फाको नकआउट प्रतियोगिता नखेल्ने निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा

आयरल्यान्डको टोली घोषणा

काठमाडाैं । आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा  हुने आइसिसी एकदिवसीय विश्वकप छनोट (ग्लोबल क्वालिफायर) का लागि आयरल्यान्डको टोली घोषणा भएको छ ।

एन्ड्रयु बालबर्नीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । आयरल्यान्डले जुन १९(असार ४) मा ओमानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

प्रतियोगिताको समूह ‘बी मा आयरल्यान्ड, श्रीलंका, स्कटल्यान्ड, ओमान र युएई छन् । यसैगरी समूह ‘ए’ मा नेपाल, घरेलु टोली जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् ।

विश्वकप सुपर लिगका पुछारका पाँच टोली श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे, आयल्यान्ड र नेदरल्यान्ड्स, आइसिसी विश्वकप लिग-२ का शीर्ष तीन टोली स्कटलल्यान्ड, ओमान र नेपाल तथा विश्वकप प्लेअफ क्वालिफायरका शीर्ष दुई टोलीअमेरिका र युएईले विश्वकप छनोटमा स्थान बनाएका हुन् ।

छनोटबाट दुई टोलीले अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका, इङ्ल्यान्ड र अफगानिस्तान शीर्ष आठमा रहँदै  सिधै विश्वकपका लागि छनोट भइसकेका छन् ।

आयरल्यान्डको टोलीः

एन्ड्रयु बालबर्नी (कप्तान), मार्क अदिर, कर्टिस क्याम्फर, ग्यारेथ डेलानी, जर्ज डोकरेल, ग्राहम ह्युम, जोशुआ लिटिल, एन्डी म्याकब्रिन, ब्यारी म्याकार्थी, पिजे मूर, पल स्टर्लिङ, ह्यारी टेक्टर, लोर्कन टकर, बेन ह्वाइट, क्रेइग योङ

 


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders