वैशाख २६, २०८२ शुक्रबार | १६:२०:५४
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

युएईको सुखद सुरुआत

काठमाडौं । युएईले आइसिसी पुरुष विश्वकप छनोट अन्तर्गत प्ले अफको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई २१ रनले पराजित गरेको छ ।

यस जितसँगै युएईले दुई अंक जोड्दा पिएनजीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

नामिबियाको विन्डहोकस्थित वान्डरर्स क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा युएईले प्रस्तुत गरेको दुई सय ६१ रनको लक्ष्य पछ्याएको पिएनजी ४८.३ ओभरमा दुई सय ३९ रनमै समेटियो ।

नामिबियाका लागि किप्लिन डोरीगाले ७१ बलमा सात चौका र चार छक्काको मद्दतमा ७३ रन बनाए पनि टोलीलाई जित दिलाउन भने सकेनन् । यसैगरी टोली उराले ५६ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५६, गउडी टोकाले २०, चार्ल्स अमिनीले १५ र राइली हिकुरेले ११ रन जोडे ।

पहिलो विकेटका लागि डोरिगा र उराले एक सय ४६ रनको साझेदारी गरेका थिए ।

युएईका लागि कार्तिक मैयप्पनले चार, जाहुर खानले तीन तथा जुनैद सिद्धिकी, आयन खान र रोहन मुस्ताफाले समान एक जिकेट लिए

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ६० रनको योगफल तयार पारेको थियो ।

युएईका लागि कप्तान मेहम्मद वसिमले एक सय ६ बलमा ६ छक्का र पाँच चौकाको मद्दतमा सर्वाधिक ९६ रन बनाए । यसैगरी आयन खानले ९४ बलमा नौ चौका र तीन छक्काको मद्दतमा अविजि ९४, कार्तिक मैयप्पनले २४ र रोहन मुस्ताफाले १३ रनज जोडे ।

खानले छैटौं विकेटका लागि वसिमसँग ८० तथा सातौं विकेटका लागि मैयप्पनसँग ९० रनको साझेदारी गरे ।

पिएनजीका लागि चाड सोपरले चार, सिमो कामियाले दुई तथा नोर्मन भानुआले एक विकेट लिए ।

प्ल अफ अन्तर्गत सोमबार नै सम्पन्न अर्को खेलमा क्यानाडाले जर्सीमाथि ३१ रनको जित निकालेको छ ।

प्लेअफमा आइसिसी विश्वकप क्रिकेट लिग टुका का पुछारका चार टोली अमेरिका निमिबिया, युएई र पपुवा न्युगिनी ९पिएनजी० सँगै आइसिसी विश्वकप च्यालेन्ज लिग ‘ए’ को विजेता क्यानाडा र ‘बी’को विजेता जर्सी सहभागी छन् ।

राउन्ड रोविन पद्धतीमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोटमा यी दुईसँगै सुपर लिगको पुछारका पाँच र लिग टुको शीर्ष तीन टोली टोली हुनेछन् ।

हालसम्म सुपर लिगबाट नेदरल्यान्ड्स तथा जिम्बावे तथा लिग टुबाट स्कटल्यान्ड, ओमान र नेपालले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP