वैशाख २६, २०८२ शुक्रबार | १६:३२:२५
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

बंगलादेशले आयरल्यान्डलाई हरायो

काठमाडौं । घरेलु टोली बंगलादेशले ट्वान्टी- २० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत पहिलो खेलमा आयरल्यान्डमाथि डिएलएस पद्धतीमा २२ रनको जित निकालेको छ ।

यस जितसँगै बंगलादेशले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शुंखलाको दोस्रो खेल बुधबार हुनेछ ।

जहुर अहमद चौधरी स्टेडियममा सोमबार वर्षाले प्रभावित खेलमा लागि एक सय चार रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित आठ ओभरमा पाँच विकेट गुमाउँदै ८१ रन मा बनाउन सक्यो ।

आयरल्यान्डका लागि गारेथ डेलानीले अविजित २१, यारी टेक्टरले १९, कप्तान पल स्टर्लिङले १७ र रस आदिरले १३ रन बनाए ।

बंगलादेशका लागि तस्किन अहमदले चार तथा हसन मोहम्मदले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.२ ओभरमा पाँच विकेट गुमाउँदै दुई सय सात रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो ।

बंगलादेशका रोनी तालुकदारले ३८ बलमा सात चौका र तीन छक्काको मद्दतमा ६७ रन बनाए । यसैगरी  लिटोन दासले ४७ शमिम हसनले ३०, कप्तान साकिब अल हसनले अविजित २०, नाज्मुल हसन सान्टो १४ र तौहिद हृदोयले १३ रन जोडे ।

पहिलो विकेटका लागि दास र तालुकदारले ९१ रनको साझेदारी गरेका थिए ।

आयरल्यान्डका लागि क्रेग योंगले दुई तथा ह्यारी टेक्टर, मार्क आदिर र ग्राहम हुमेले समान एक विकेट लिए ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP