असार १२, २०८२ बिहीबार | ०९:५४:३८
मोन्टेरेको सानदार जित इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता अन्तर्राष्ट्रिय हाप्किडोमा नेपाललाई तीन पदक आर्सनल छाड्दै थोमस पार्टी ट्वान्टी-२० वरियतामा सन्दीप र ललितको छलाङ दीपेन्द्रले छाडे प्रहरीको जागिर लुम्बिनी लायन्सले रिटेन गरेका थप पाँच खेलाडी सार्वजनिक कुशल भुर्तेलको ब्याटिङ वरियतामा सुधार यु-२३ टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने मोन्टेरेको सानदार जित इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता अन्तर्राष्ट्रिय हाप्किडोमा नेपाललाई तीन पदक आर्सनल छाड्दै थोमस पार्टी ट्वान्टी-२० वरियतामा सन्दीप र ललितको छलाङ दीपेन्द्रले छाडे प्रहरीको जागिर लुम्बिनी लायन्सले रिटेन गरेका थप पाँच खेलाडी सार्वजनिक कुशल भुर्तेलको ब्याटिङ वरियतामा सुधार यु-२३ टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने

दक्षिण एसियाली जुनियर ब्याडमिन्टनः नेपाललाई दोहाेरो सफलता

काठमाडौं । नेपालले दक्षिण एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्टसमा दोहोरो जित निकालेको छ ।

प्रतियोगितामाको पहिलो दिन अहिले सम्मको नतिजामा नेपालले यु-१५ र यु-१७ दुवैतर्फ जित हात पारेको हो।

यू-१५ र यू-१७ दुवैतर्फ वेस्ट अफ फाइभको प्रतिस्पर्धामा नेपालले माल्दिभ्स माथि ५-० को जित निकालेको हो ।

लिगको आधारमा खेलाइएको प्रतियोगितामा यू-१५ तर्फ नेपालका खेलाडी सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले मालदिभ्सका फरुजन अहमद फलाह र हुसैन जुरी याल्भीको जोडीलाई २१-११, २१-६ ले, रिहाना शेरचनले अदिल मोहम्मद कियानलाई २१-९, २१-६ले, सुविन श्रेष्ठले फरुजनलाई २१-७, २१-८, दिलाशा राना र रिहाना शेरचनको जोडीले अदिल मोहम्मद र हुसैन जुरीको जोडीलाई २१-८, २१-१० र सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीले फरुजन र अहमद मम्दु इयानलाई २१-३, २१-८ ले पराजित गरे ।

यस्तै यू-१७ तर्फ कविर केसी र रोजी राईको जोडीले अजहर मोहम्मद आयुब र ऐस्था जोया हुसैनको जोडीलाई २१-१, २१-४, रोजी राईले ऐस्थालाई २१-१०, २१-८, कविर के।सी।ले अजहरलाई २१-७, २१-१०, अन्जिल लिम्बु र रोजी राईको जोडीले ऐस्था र मोहम्मद शरिफ सैयवको जोडीलाई २०-२२, २१-१८, २१-१० र कविर के।सी। र अभय महराको जोडीले अजहर र युसुफ मुनाधी माथलुवको जोडीलाई २१–१५, २१–१५ ले हराए ।

यस्तै अन्य खेलमा बंगलादेशले यू-१५ तर्फको खेलमा भुटानलाई ५-० र यू-१७ तर्फ माल्दिभ्सलाई ५-० ले पराजित गर्याे। श्रीलंकाले यू-१५ तर्फ माल्दिभ्सलाई ५-० ले नै पराजित गर्न सफल भयाे ।

मिक्स टिम इभेन्टसमा महिला र पुरुषको एकल, महिला र पुरुषको युगला र मिक्स गरि पाँच विधामा प्रतिस्पर्धा भइरहेकाे छ ।

प्रतियोगितामा नेपालसहित श्रीलंका, पाकिस्तान, माल्दिभ्स, भुटान र बंगलादेश सहभागी छन् । 

 


भिडियो
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari
MANMAYA DAMAI ।अन्तर्राष्ट्रिय डेब्यू गरिरहँदा गुरुलाई सम्झेँ l DEFENDER, NEPAL NATIONAL WOMENS TEAM
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो ll NEPAL NATIONAL CRICKET TEAM
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB