माघ १८, २०८२ आइतबार | १०:५८:२१
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

खेलाडीको मृत्युपछि रोकिएको प्याराग्लाइडिङ प्रतियोगिता बुधबारबाट सुचारु हुने

पोखरा । राष्ट्रिय खेलुकद परिषदका सदस्यसचिव टंकलाल घिसिङले प्रतिस्पर्धाको दौरान दुर्घटनामा परि नेपाल आर्मीका खेलाडी निशिम थापा मगरको मृत्यु भएपछि रोकिएको प्याराग्लाइडिङका खेलहरु बुधबारबाट सुरु हुने बताएका छन् ।

क्रसकन्ट्रीको स्पर्धाका दौरान ग्लाइडर दुर्घटनामा परि आइतबार निसिमको मृत्यु भएको थियो । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभरी प्याराग्लाइडिङ उडाउन प्रतिबन्ध लगाएको थियो । निसिमको मृत्युको शोकमा सोमबार नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत सबै खेलमा एक मिनेट मौन धारण गरेपछि मात्र प्रतिस्पर्धा सुरु गरिएको थियो ।

‘पाराग्लाइडिङका खेलाडीको जुन असामयिक निधन भएको छ । त्यसप्रति गहिरो दुख व्यक्त गर्न चाहन्छु । उहाँप्रति श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु । हामीले आज एउटा होनहार खेलाडी गुमाएका छौं । उहाँको असामयिक निधनपछि हामीले खेलहरु अवरुद्ध गरेका छौं,’ सदस्यसचिव घिसिङले खेलाडीसँगको कुराकानीमा भने, ‘सुरु भइसकेर उहाँको निधनपछि रोकिएको इभेन्ट्सलाई प्राविधिक ह्यान्डबुकअनुसार के गर्ने भन्ने विषयमा प्राविधिकहरुले निर्णय गर्नुहुनेछ । बाँकी इभेन्ट्समा चाँही भोलीबाट प्रतिस्पर्धा हुनेछ ।’

सदस्यसचिव घिसिङले सोमबार पाराग्लाइडिङ संघ, प्राविधिक कमिटी र सहभागी टिमका प्रशिक्षक र व्यवस्थापकहरुको संयुक्त बैठक बसेर बाँकी रहेका खेललाई बुधबारबाट गर्ने सहमति गरेको बताए ।

‘उहाँहरुले मलाई बुधबारबाट खेल हुन्छ भन्नुभएको छ । बाँकी इभेन्ट्स सायद बुधबारबाट हुन्छन्,’ उनले अगाडि भने ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।