चैत्र १६, २०८२ सोमबार | २२:०२:२८
राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट

खेलाडीको मृत्युपछि रोकिएको प्याराग्लाइडिङ प्रतियोगिता बुधबारबाट सुचारु हुने

पोखरा । राष्ट्रिय खेलुकद परिषदका सदस्यसचिव टंकलाल घिसिङले प्रतिस्पर्धाको दौरान दुर्घटनामा परि नेपाल आर्मीका खेलाडी निशिम थापा मगरको मृत्यु भएपछि रोकिएको प्याराग्लाइडिङका खेलहरु बुधबारबाट सुरु हुने बताएका छन् ।

क्रसकन्ट्रीको स्पर्धाका दौरान ग्लाइडर दुर्घटनामा परि आइतबार निसिमको मृत्यु भएको थियो । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभरी प्याराग्लाइडिङ उडाउन प्रतिबन्ध लगाएको थियो । निसिमको मृत्युको शोकमा सोमबार नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत सबै खेलमा एक मिनेट मौन धारण गरेपछि मात्र प्रतिस्पर्धा सुरु गरिएको थियो ।

‘पाराग्लाइडिङका खेलाडीको जुन असामयिक निधन भएको छ । त्यसप्रति गहिरो दुख व्यक्त गर्न चाहन्छु । उहाँप्रति श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु । हामीले आज एउटा होनहार खेलाडी गुमाएका छौं । उहाँको असामयिक निधनपछि हामीले खेलहरु अवरुद्ध गरेका छौं,’ सदस्यसचिव घिसिङले खेलाडीसँगको कुराकानीमा भने, ‘सुरु भइसकेर उहाँको निधनपछि रोकिएको इभेन्ट्सलाई प्राविधिक ह्यान्डबुकअनुसार के गर्ने भन्ने विषयमा प्राविधिकहरुले निर्णय गर्नुहुनेछ । बाँकी इभेन्ट्समा चाँही भोलीबाट प्रतिस्पर्धा हुनेछ ।’

सदस्यसचिव घिसिङले सोमबार पाराग्लाइडिङ संघ, प्राविधिक कमिटी र सहभागी टिमका प्रशिक्षक र व्यवस्थापकहरुको संयुक्त बैठक बसेर बाँकी रहेका खेललाई बुधबारबाट गर्ने सहमति गरेको बताए ।

‘उहाँहरुले मलाई बुधबारबाट खेल हुन्छ भन्नुभएको छ । बाँकी इभेन्ट्स सायद बुधबारबाट हुन्छन्,’ उनले अगाडि भने ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो