माघ १७, २०८२ शनिबार | २३:१५:१२
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

पुर्बोछानेलाई कायाकको उपाधि

काठमाडौं । उदयपुरका डम्बरबहादुर पुर्बोछानेले कायाक स्लालमको उपाधि जित्दा नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत र्याफ्टिङ आर–फोरमा कास्कीको प्याडल नेपालले पहिलो स्थान हासिल गरेको छ ।

नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत प्रदर्शनी खेलको रुपमा समावेश र्याफ्टिङ एन्ड कनोइङअन्गर्तत आइतबार बिहान दोबिल्लाको सेती खोलामा गराइएको र्याफ्टिङ आर-फोरमा प्याडल नेपालको टोलीले उपाधि जित्दा काठमाडौंको र्याफ्टिङ एड्भेन्चर्स उपविजेता भयो । कास्कीकै र्यापिड रनर एक्सपिडिसन तेस्रो भयो ।

दोबिल्लाकै फुस्रे खोलामा भएको कायाक स्लालममा पुर्बोछानेले उपाधि जित्दा चितवनका नवीन श्रेष्ठ उपविजेता भए भने चितवनर्क विजय गुरुङले तेस्रो स्थान हासिल गरे ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार दोबिल्लामा प्रतियोगिताको उद्घाटन गरेका थिए । सोही अवसरमा उनले बिहानै सम्पन्न भइसकेको र्याफ्टिङ आर-फोरका विजेताहरुलाई पुरस्कृत पनि गरे । कायाकिङको प्रतिस्पर्धा भने आइतबार दिउसो भएको थियो ।

प्रदर्शनी खेलका रुपमा समावेश गरिएकाले र्याफ्टिङ एन्ड कायाकिङका पदकहरु नवौं वृहत राष्ट्रिय खेलकुदको आधिकारिक पदक तालिकामा गणना हुँदैन । विजेताले नवौं वृहत राष्ट्रिय खेलकुदको पदक प्राप्त नगरे पनि यो राष्ट्रिय संघले गराएको प्रतियोगिता भएकाले आधिकारिकता भने हुनेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।