चैत्र ७, २०८२ शनिबार | ०५:१४:५६
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

दुर्घटना कम गर्न सडक सुरक्षामा कडाई गर्नु पर्छ : भट्टराई

नेपालगन्ज, (खेलाडी)- अव्यवस्थित सडक संरचना र सडक सुरक्षामा आवश्यक जनचेतना नहुँदा नेपालमा सडक दूर्घटनाको संख्या बढदै गएको नेपाल अटोमोबाइल्स स्पोर्टस एशोसियसन (नासा)का प्रमुख सल्लाहाकार गोविन्द भट्टराईले बताएका छन । 

विश्वमा अकालमा मृत्यु हुने कारणमा सडक दुर्घटना आठौं नम्बरमा पर्छ । तर नेपालमा भने अकालमा मृत्यु हुनेमा सडक दुर्घटना पहिलो नम्बरमा पर्छ । सडक संरचना, सडक सुरक्षा, मानवीय व्यवहार लगायतका कारणले नेपालमा हरेक वर्ष सडक दुर्घटनामा मृत्यु हुनेको संख्या बढदै गएको पुष्टि गर्छ । 

ट्राफिक प्रहरीको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष करिव ३ हजार जनाको सडक दुर्घटनामा परेर मृत्यु हुने गरेको छ । हरेक महिना नेपालमा करिव ३ सय जतिको मृत्यु हुने गरेको छ ।

कोभिड १९ का कारण गरिएको लकडाउनको समयमा पनि नेपालमा १ हजार ७ सयको सडक दुर्घटनामा मृत्यु भएको प्रमुख सल्लाहाकार भट्टराईले बताए । 

भट्टराईका अनुसार हरेक दिन विश्वमा दैनिक ३ हजार ६ सय ९८ मानिसको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । अझ युद्धग्रस्त देश र अन्य केही देशको तथ्याङ सही तरिकाले आउने गरेको छैन । 

विश्वमा दैनिक ५ सय बालबालिकाको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको तथ्यांक रहेको भट्टराईले बताए । दुर्घटना हुनेको मुख्य कारणमा कमजोर सडक पुर्वाधार, ट्राफिक व्यवस्थापन जस्ता कुरा मुख्य रुपमा देखिएको उनले नेपालगन्जमा पत्रकारसँग कुराकानी गर्ने क्रममा बताए । 

सार्वजनिक यातायात सेवा प्रणाली, सुरक्षा मापदण्ड लागु गर्नमा कडाई गरे सडक दुर्घटना कम गर्न सकिने उनको भनाई छ ।
 
‘सडक सुरक्षा मापदण्डको पालनामा हामी धेरै लापरबाही गर्छौ । धेरै जसो मोटरसाइकल दुर्घटनामा मृत्यु हुँदा कमजोर हेलमेट पनि कारणको रुपमा रहेको छ । नेपालमा कस्तो हेलमेट लगाउनु पर्छ भन्ने मापदण्ड नै छैन,’ भट्टराईले भने, ‘लामो दुरीका सवारी चालकले दिनमा २ सय ५० किलोमिटर भन्दा धेरै गाडी चलाउन हुदैन । तर नेपालमा ५ सय किलोमिटर भन्दा धेरै दुरी एउटै चालकले एकै दिन चलाउने गर्छन । यसले पनि दुर्घटनालाई बढाइरहेको छ ।’

नासाले नेपालमा मोटर स्पोर्टसका गतिविधि सञ्चालन गर्नुका साथै सडक सुरक्षामा पनि काम गर्दै आएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो