आश्विन १, २०८२ बिहीबार | २१:२२:५८
साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षसहितको असहमतीपत्रः घरेलु खेल विपक्षीको मैदानमा खेलाउन पाइन्न नेपाल स्ट्रीट प्रिमियर लिगको ट्रायल सम्पन्न, प्रतियोगिता तत्कालका लागि स्थगित एनपिएलको उद्घाटन खेलमा टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने च्याम्पियन्स लिगमा आज पनि ६ खेल हुँदै नेपालको फिफा वरियता यथावत साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षसहितको असहमतीपत्रः घरेलु खेल विपक्षीको मैदानमा खेलाउन पाइन्न नेपाल स्ट्रीट प्रिमियर लिगको ट्रायल सम्पन्न, प्रतियोगिता तत्कालका लागि स्थगित एनपिएलको उद्घाटन खेलमा टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने च्याम्पियन्स लिगमा आज पनि ६ खेल हुँदै नेपालको फिफा वरियता यथावत

पुस्तक अंशः अबको दशक साहसिक खेलकुदको

सानै उमेरदेखि सामाजिक अभियानमा संलग्न गोविन्द भट्टराई विभिन्न विषयहरूमा कलम चलाउँछन्, बहस गर्छन् र आफ्ना धारणा राख्छन् । सडक सुरक्षा अभियन्ता, खेल अधिकारी, पर्यटन प्रवर्द्धक र स्तम्भ लेखकको समेत पहिचान बनाएका उनी साहित्य, समाजसेवा र राजनीतिमा समेत रूची राख्छन् ।

आफलाई सामाजिक उद्यमी भन्न रूचाउने भट्टराईको ‘जिजीविषा’ कविता संग्रह र ‘ब्याकगियर’ व्यंग्य संग्रह यसअघि नै प्रकाशित भइसकेका छन् । सडक सुरक्षा अभियानका विभिन्न संघ संस्थाको नेतृत्व गरिरहेका उनी हाल विश्वकै अग्रणी मोटरिङ संगठन फेडरेसन इन्टरनेसनल डे अटोमोबाइलका वर्ल्ड काउन्सिल मेम्बर समेत हुन् भने नासा फाउन्डेसन नेपाल र नासा नेपालका संस्थापक मध्येका एक ।

मोटर स्पोट्स तथा एड्भेन्चर स्पोट्समा समेत दख्खल राख्ने भट्टराई नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी–नेपालका संस्थापक पनि हुन् । सडक सुरक्षा र साहसिक तथा पर्यटकीय खेलकुदको एजेन्डालाई स्थापित गर्नमा पाएको सफलता नै आफ्नो जीवनको सार्थकता ठान्ने उनी कुनै समयका सक्रिय ट्रेड युनियनकर्मी, सहकारीकर्मी तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य समेत हुन् ।

उनै भट्टराईले ‘कार्ल मार्क्सको कसम’ नामको पुस्तन प्रकाशनमा ल्याएका छन् । पुस्तकमा न्युट्रल पोजिशन, गियर एकदेखि पाँच र ब्याक गियर गरी सात भागमा पुस्तकको विविधि विषयवस्तुलाई समेटिएको छ । जसको पाँचौ गियरमा खेल– पर्यटन विषय समेटिएको छ । सोही किताबमा नेपालमा साहसिक खेलकुदको वर्तमान अवस्था र भविष्यबारे लेखिएको पुस्तक अंश यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौं ।

पुस्तक अंश:

नेपालमा साङ्गठनिक रूपमा खेलकुदको आरम्भ भएको लगभग एक शताब्दी भइसकेको छ । राष्ट्रिय खेलकुद परिषद्कै स्थापना भएको ६ दशक नाघिसकेको छ । हामीले हिजो जेजसलाई खेल मान्यौं, आज विस्तारै धारणा मात्र हैन यथार्थतामा समेत परिवर्तन आइसकेको छ ।

संसारमा खेलकुद स्वस्थ रहनमात्र होइन रोजगार, उद्यमशीलता, पर्यटन प्रवर्द्धनदेखि कुटनैतिक आयामसमेत बनेको छ । तिनै सन्दर्भमा, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को एक दशक पुगेको शुभकामनासहित यो आलेख थालिएको छ ।

ख्याल–ख्याल नै सही केही नयाँ अभियान, केही नयाँपन । नेपाली युवामाझ खेलकुद र पर्यटनमा केही नौलोपन दिन सफल भएको मान्नुपर्छ । साहसिक खेलकुद र पर्यटनमा मोटर स्पोट्स एउटा मुख्य विकल्प बन्न सकेको छ ।

नासा नेपालले यो वर्ष आफ्नो स्थापनाको एक दशक मनाइरहेको छ । खेलकुदबाट प्रवेश गरेको यो संघ आज कार्यक्रमका हिसाबले महासंघजस्तै बनेको छ । नेपालमा केही उत्साहितहरूले मोटरस्पोट्स सुरु गरेको ख्याल–ख्याल जस्तै लाग्छ । एक दशक पछाडि फर्केर हेर्दा केही हाँसो लाग्छ । केही रमाइलो अनि अनौठो । नेपालमा ‘मोटरको खल हुन्छ र ?’ भन्ने अवस्था थियो । अझ यसो भनौं आजसम्म खेलकुद सचिव, मन्त्री, राष्ट्रिय खेलकुद परिषद् र सरकारी निकायहरूले मोटरस्पोट्सलाई आत्मसात् गर्न सकिरहेका छैनन् । दस वर्षअघि त्यो हिम्मत गर्नु भनेको सानो दुस्साहस नै हो ।

ख्याल–ख्याल नै सही केही नयाँ अभियान, केही नयाँपन । नेपाली युवामाझ खेलकुद र पर्यटनमा केही नौलोपन दिन सफल भएको मान्नुपर्छ । साहसिक खेलकुद र पर्यटनमा मोटर स्पोट्स एउटा मुख्य विकल्प बन्न सकेको छ । 

यो एक दशकमा नेपाल अटोमोबाइल्स एसोसिएसनले जति प्रगति गर्यो । सम्झनलायक गर्यो किन नभन्ने ?

हामीले गाडीलाई भारी बोक्ने मात्र भनेर बुझ्यौँ र धोका पायौँ । आज फेरि विलासिता वस्तुको रूपमा मात्र बुझेर धोका खाँदैछौं । देशलाई नै धोका दिँदैछौं ।

गाडी, मोटरसाइकल खेलकुदका साधन भइसके भन्ने यथार्थ थाहा पाउन हाम्रा भाग्य विधातालाई कति वर्ष लाग्दो हो ? त्यतिबेलासम्म तिनीहरूको जागिर त पाक्छ । हामीलाई खाडलमा पुर्याउलान् भन्ने पीर मात्र हो ।

२०५०/०५१ सालतिर हुनुपर्छ होटल सोल्टी क्राउन प्लाजामा ड्याकम्सले एउटा सेमिनारको आयोजना गरेको थियो । त्यतिबेलै युनाइटेड ट्रेडर्स सिन्डिकेट (टोयोटाको वर्कसप) का तर्फबाट भाग लिन जाँदा भेट भएको थियो । त्यतिबेलाको सोल्टी, हिक्मत माली दाइको रवाफ र व्यक्तित्व, नेपालभरकै बडेबडे साहुजीको जमघट अनि त्यसमा म बबुरो । अहिले सम्झँदा अनौठो लाग्छ ।

स्वर्गीय हिक्मतबहादुर माली सबैको प्रिय थिए । तर, हत्तपत्त कसैले अनुमान गर्न नसक्ने, झट्ट सम्झाइबुझाई गर्छु भन्न नसक्ने थिए । कुन बेला कुन मुडमा छन् भन्ने हेर्नुपथ्र्याे ।

२०५०/०५१ सालतिर हुनुपर्छ होटल सोल्टी क्राउन प्लाजामा ड्याकम्सले एउटा सेमिनारको आयोजना गरेको थियो । त्यतिबेलै युनाइटेड ट्रेडर्स सिन्डिकेट (टोयोटाको वर्कसप) का तर्फबाट भाग लिन जाँदा भेट भएको थियो । त्यतिबेलाको सोल्टी, हिक्मत माली दाइको रवाफ र व्यक्तित्व, नेपालभरकै बडेबडे साहुजीको जमघट अनि त्यसमा म बबुरो । अहिले सम्झँदा अनौठो लाग्छ । त्यो सेमिनार दुईदिनको थियो । सेमिनारबाट हिक्मत दाइ र कम्पनीले व्यापार पाए पाएनन् या वर्कसपवालाले केही बुझे बुझेनन्, हाम्रा साहुजीले लुब्रिकेन्ट्स व्यापार गरेर दाम कमाए कि कमाएनन् ? त्यो अब नलेखेको इतिहास भइसक्यो ।

एउटा कुरा भने गज्जबले जम्यो । त्यो दिनदेखि मालीदाइ र मेरो सम्बन्ध ।

न उमेर मिल्ने । सम्पत्तिको के तुलना गर्नु ! हाम्रा संयुक्त साथी र आफन्त पनि कोही छैनन् । तर खोइ त्यो सेमिनारमा मेरो जिज्ञासुपन, सक्रियता, धेरै प्राविधिक पक्षलाई रमाइलोसँग प्रस्तुति, सहभागीसँगको व्यवहारले मात्र होला म उहाँको नोटिसमा परेको । कतिसम्म भने टोयोटाका मेरा बडेबडे साहु र हाकिमसँगै मलाई भेट्दा पनि मैबाट सुरु गर्ने उहाँको बानीले कतिपटक भाग्नु परेको थियो । तिनै हिक्मतदाइको उपस्थितिले मात्र हाम्रो यो सफलता हो ।

संसारमै मोटरस्पोट्र्स सङ्गठित भएको सवासय वर्ष हुन लाग्यो । अन्तर्राष्ट्रिय महासंघ बनेको पनि सय वर्षभन्दा पनि बढी भो । नेपालमा मान्छेको काँधमा बोकिएर गाडी आएको सवा सयवर्षपछि त्यहीं गाडीलाई खेलौनाको रूपमा प्रयोग गर्न पाउनु कम्ति रोमाञ्चित अनुभव होइन । हिमाल, पहाड अनि कमजोर आर्थिक अवस्था भएको मुलुकमा मोटर स्पोट्र्स र मोटर साइक्लिङ स्पोट्र्सलाई विश्वमा चिनाउनु मात्र नभई, विश्वकै ट्रयाकमा कुदाउन पाउनु पनि सानु कुरा होइन ।

दुर्भाग्य हामीले लामोसमय सङ्गठित सहकार्य गर्न पाएनौँ । अन्य सम्बनध लामै भए । जति गर्यौं त्यसले नेपाली अटोमोबाइल, नेपाली खेलकुद र नेपाली पर्यटन क्षेत्रलाई केही न केही दिन सक्यौँ भन्दा बढी नहोला । 

संसारमै मोटरस्पोट्र्स सङ्गठित भएको सवासय वर्ष हुन लाग्यो । अन्तर्राष्ट्रिय महासंघ बनेको पनि सय वर्षभन्दा पनि बढी भो । नेपालमा मान्छेको काँधमा बोकिएर गाडी आएको सवा सयवर्षपछि त्यहीं गाडीलाई खेलौनाको रूपमा प्रयोग गर्न पाउनु कम्ति रोमाञ्चित अनुभव होइन । हिमाल, पहाड अनि कमजोर आर्थिक अवस्था भएको मुलुकमा मोटर स्पोट्र्स र मोटर साइक्लिङ स्पोट्र्सलाई विश्वमा चिनाउनु मात्र नभई, विश्वकै ट्रयाकमा कुदाउन पाउनु पनि सानु कुरा होइन । 

दर्जनौँ राइडर्स, ड्राइभर्स, अफिसियल, प्राविधिक अनि सङ्गठित टिमको परिणाम हो कुनै खेल इभेन्ट । जुन टिमको अग्रभागमा, सुरुवाती दुःख र चुनौतीपूर्ण समयमा हिक्मत दाइ हुनुहुन्थ्यो ।

साहसिक तथा पर्यटकीय खेलकुदको जगमै मोटर, मोटर साइक्लिङ स्पोट्र्स जस्ता मुख्य विधा छन् संसारमै । ड्राइभ टुरिजम र टु–ह्विल टुरिङ, साहसिक पर्यटनको मुख्य विकल्प मान्न सकिन्छ । सामाजिक सद्भाव, एकता, युवाजागरण, महिला सशक्तिकरण, रोजगारी र उद्यमशीलजस्ता बहुआयामिक परिचय दिने अटोमोबाइल र मोटर स्पोट्र्समा छौं भन्दा किन खुसी नहुने ?

केपी ओलीजस्ता स्वप्निल प्रधानमन्त्री भएको देशमा पनि अनौठा, गतिहीन, उद्देश्यहिन व्यवस्थापकीय नेतृत्व छ । खेलकुद र पर्यटनमा पनि त्यही हालत छ भन्दा अझै ननिको लाग्छ । मन्त्रालयले मात्र होइन पर्यटन बोर्ड, परिषद् लगायतमा नेतृत्वले बुझ्न सकेको छैन, प्याराग्लाइडिङले ल्याएको पदक होस् वा संसारकै र्याफ्टिङ क्षेत्रमा नेपालीले बनाएको स्थानबारे ।

एकदशक आफैमा लामो अवधि मानिन्छ । तर, प्रतिफल निकाल्नेगरी एउटा अभियान, सङ्गठनको लागि पर्याप्त समय हुँदो रहेनछ । यसको अर्थ पहिलो एक दशकमा केही पनि प्रगति भएन भन्न खोजेको होइन । अर्काे दशकमा चमत्कारिक परिणामको तयारीमा हनुपर्छ भनेको मात्र हो ।
अब खेलकुद स्पोट्र्स मात्र रहेन । अब उद्यम, रोजगारी, पर्यटन पनि भयो । हामी त मोटरिङ, साइक्लिङ, गल्फ, पाराग्लाइडिङ, र्याफ्टिङजस्ता इभेन्ट बुझ्छौं । जुन नेपालको यथार्थता हो । तर त्यसलाई बुझ्नुपर्नेले नबुझे पछि के लाग्छ ? हामीले बाँदरको टाउकोमा लालीगुराँस त लगाएनौं ? कहिलेकाहीं आउने प्रश्न मात्र होइन मुलकको यथार्थता हो ।

केपी ओलीजस्ता स्वप्निल प्रधानमन्त्री भएको देशमा पनि अनौठा, गतिहीन, उद्देश्यहिन व्यवस्थापकीय नेतृत्व छ । खेलकुद र पर्यटनमा पनि त्यही हालत छ भन्दा अझै ननिको लाग्छ । मन्त्रालयले मात्र होइन पर्यटन बोर्ड, परिषद् लगायतमा नेतृत्वले बुझ्न सकेको छैन, प्याराग्लाइडिङले ल्याएको पदक होस् वा संसारकै र्याफ्टिङ क्षेत्रमा नेपालीले बनाएको स्थानबारे ।

नेपाली राइडर्सहरू थप्रै देशका प्रसिद्ध रेसिङ सर्किटमा आफूलाई प्रतिस्पर्धामा उतार्न सफल भएका छन् । त्यस्तै एसियास्तरीय प्रतियोगितामा नेपाली ड्राइभरका प्रस्तुति गर्व गर्न लायक छ । सीमित स्रोतसाधनका बाबजुद पाएको सफलताबाट किन खुसी नहुनु । एउटा बीमा ऐन मात्र नेपालको साहसिक खेलकुदको पक्षमा भएको भए अझ राम्रो प्रगति गर्न सकिन्थ्यो । त्यसमा भने दुःख लागेको छ ।

समय अनुसार विस्तारै मानिसको रुचि फेरिंदो छ । अब एकै किसिमको न पर्यटन चल्छ न खेलकुद । चल्छ त केवल कर्मचारीको रोजीरोटी । आधारभूत खेलकुद, प्रतिस्पर्धात्मक, पर्यटकीय गरी तीन तहमा काम गर्नसके सकारात्मक परिणाम आउँछ । एउटा संघल गरेर मात्र पाउने परिणाम एक दशकमा हामीले पाइसकेका छौं ।

नेपाली राइडर्सहरू थप्रै देशका प्रसिद्ध रेसिङ सर्किटमा आफूलाई प्रतिस्पर्धामा उतार्न सफल भएका छन् । त्यस्तै एसियास्तरीय प्रतियोगितामा नेपाली ड्राइभरका प्रस्तुति गर्व गर्न लायक छ । सीमित स्रोतसाधनका बाबजुद पाएको सफलताबाट किन खुसी नहुनु । एउटा बीमा ऐन मात्र नेपालको साहसिक खेलकुदको पक्षमा भएको भए अझ राम्रो प्रगति गर्न सकिन्थ्यो । त्यसमा भने दुःख लागेको छ ।

नेपाललाई साहसिक खेलकुद र पर्यटनको केन्द्र बनाउदै युवाहरूलाई सकारात्मक बाटोमा लैजान सके जीवनको सुनौलो समय खर्च गरेकोमा कुनै पछुतो हुनेछैन । साहसिक पर्यटनको लागि चाहिने अधिकांश इभेन्ट हामीसँग थुप्रै चिज छन् । केही नीतिगत, कार्यक्रमिक, साङ्गठनिक र ब्रान्डिङ मात्र थप गरे पुग्छ ।

टुरिङ क्षेत्रमा एक दशकमा आमुल परिवर्तन आएको छ । सरकारी निकायले मानोस् नमानोस् । दुनियाले जानेको नेपाल ड्राइभ टुरिजम र टु–ह्विल टुरिङको लागि विश्वमै प्रख्यात देश हो । त्यसै आधारमा क्लबहरु, जिल्ला र स्थानीय संघसँग थुप्रै टुरिङसम्बन्धी कार्यक्रम भएका छन् । जुम्ला, रारा होस् या मुस्ताङको लोमान्थाङ । जिरी होस् या सोलु । पाथिभरादेखि लुम्बिनीसम्म हाम्रा इभेन्टहरू छन् । अब बिस्तारै कर्पाेरेट क्षेत्रको प्रवेश जरुरी छ । 

नेपाललाई साहसिक खेलकुद र पर्यटनको केन्द्र बनाउदै युवाहरूलाई सकारात्मक बाटोमा लैजान सके जीवनको सुनौलो समय खर्च गरेकोमा कुनै पछुतो हुनेछैन । साहसिक पर्यटनको लागि चाहिने अधिकांश इभेन्ट हामीसँग थुप्रै चिज छन् । केही नीतिगत, कार्यक्रमिक, साङ्गठनिक र ब्रान्डिङ मात्र थप गरे पुग्छ ।


भिडियो
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL