माघ १६, २०८२ शुक्रबार | ११:३१:२४
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

पोखरा पर्वतीय दौडः एपिएफका निरोज च्याम्पियन

च्याम्पियन निरोज भट्ट क्षेत्री ।

पोखरा । एपिएफका निरोज भट्ट क्षेत्री पर्वतीय दौड प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

पोखरा२२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेन्डमा पार गरे । 

पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेन्डमा पूरा गरी दोस्रो स्थानमा रहे । पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेन्डका सयम निकाल्दै तेस्रो भए ।

विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

विश्व शान्ति स्तुपदेखि सुरु दौड, पुम्दीकोट विशाल महादेवको मूर्ति, पोखरा २२ को वडा कार्यालय हुँदै बुद्ध पार्कमा पुगेर टुंगिएको थियो ।  

महिलातर्फ काभ्रेकी नितु तामाङ च्याम्पियन बनिन् । उनले निर्धारित दूरी ५५ मिनेट २१ सेकेन्डमा पार गरिन् । 

यु-१६मा पोखरा-२२ का सागर देवकोटा तथा पोखरा-२२स्तरीय दौडमा सुजिल परियार च्याम्पियन बने । उनीहरूलाई जनही ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्रदान गरियो ।

प्रतियोगिताका पदक विजेता । 

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए ।

सो अवसरमा पर्यटन, उद्यम र समाजसेवा क्षेत्रबाट विशेष योगदान गर्ने समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय  धावक कुसान गुरुङलाई विशेष सम्मान गरियो ।  

दौडमार्फत पुम्दीभुम्दीको थप प्रवद्र्धन गर्ने खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता गरिएको कार्यक्रम संयोजक दीननाथ बरालले बताए । आफ्नो गाउँठाउँको खेल पर्यटन प्रबद्र्धन उक्त कार्यक्रम कोषेढुंगा सावित हुने उनले जनाए ।

३ देशका १०४ जनले अनलाइन फारम भरे पनि ७९ (दुई विदेशी महिलासहित) जनाले मात्र सहभागिता जनाएको आयोजक संस्थाका व्यबस्थापक सागर सुनारले जनाए ।

प्रतियोगितामा ज्येष्ठ धावक ५५ वर्षका शिवराज बस्ताकोटीलाई मेडल प्रदान गरियो ।

नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन रहेको कार्यक्रममा पोखरा-२२ वडा कार्यालय, पोखरा पर्यटन परिषद्, प्रदेश खेलकुद परिषद् लगायतको सहयोग थियो 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।