चैत्र ६, २०८२ शुक्रबार | ००:०१:२५
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

पोखरा पर्वतीय दौडः एपिएफका निरोज च्याम्पियन

च्याम्पियन निरोज भट्ट क्षेत्री ।

पोखरा । एपिएफका निरोज भट्ट क्षेत्री पर्वतीय दौड प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

पोखरा२२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेन्डमा पार गरे । 

पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेन्डमा पूरा गरी दोस्रो स्थानमा रहे । पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेन्डका सयम निकाल्दै तेस्रो भए ।

विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

विश्व शान्ति स्तुपदेखि सुरु दौड, पुम्दीकोट विशाल महादेवको मूर्ति, पोखरा २२ को वडा कार्यालय हुँदै बुद्ध पार्कमा पुगेर टुंगिएको थियो ।  

महिलातर्फ काभ्रेकी नितु तामाङ च्याम्पियन बनिन् । उनले निर्धारित दूरी ५५ मिनेट २१ सेकेन्डमा पार गरिन् । 

यु-१६मा पोखरा-२२ का सागर देवकोटा तथा पोखरा-२२स्तरीय दौडमा सुजिल परियार च्याम्पियन बने । उनीहरूलाई जनही ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्रदान गरियो ।

प्रतियोगिताका पदक विजेता । 

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए ।

सो अवसरमा पर्यटन, उद्यम र समाजसेवा क्षेत्रबाट विशेष योगदान गर्ने समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय  धावक कुसान गुरुङलाई विशेष सम्मान गरियो ।  

दौडमार्फत पुम्दीभुम्दीको थप प्रवद्र्धन गर्ने खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता गरिएको कार्यक्रम संयोजक दीननाथ बरालले बताए । आफ्नो गाउँठाउँको खेल पर्यटन प्रबद्र्धन उक्त कार्यक्रम कोषेढुंगा सावित हुने उनले जनाए ।

३ देशका १०४ जनले अनलाइन फारम भरे पनि ७९ (दुई विदेशी महिलासहित) जनाले मात्र सहभागिता जनाएको आयोजक संस्थाका व्यबस्थापक सागर सुनारले जनाए ।

प्रतियोगितामा ज्येष्ठ धावक ५५ वर्षका शिवराज बस्ताकोटीलाई मेडल प्रदान गरियो ।

नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन रहेको कार्यक्रममा पोखरा-२२ वडा कार्यालय, पोखरा पर्यटन परिषद्, प्रदेश खेलकुद परिषद् लगायतको सहयोग थियो 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो