चैत्र १८, २०८२ बुधबार | १६:२९:३२
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

अन्तर्राष्ट्रिय पदक विजेता रमितको स्वागत

रमितले थाइल्यान्डमा सम्पन्न युथ मुवाँथाइ च्याम्पियनसिपमा नेपाललाई दोहारो स्वर्ण दिलाएका थिए ।

काठमाडौं । थाइल्यान्डमा सम्पन्न आइएफएमए युथ मुवाँथाइ च्याम्पियनसिप नेपालका लागि दोहोरो स्वर्ण पदक जितेका रमित महर्जनलाई गृह वडा, गोदावरी-१२ थेच्वले भव्य स्वागत गरेको छ ।

आइतबार रमितसहितको टोलीलाई वडा कार्यलय र वडावासीले वडा परिक्रमासहित स्वागत गरे।

जे १२-१५ पुरुष युथ ३९-४१ केजीको फाइनलमा रमितले पूर्वी भूमध्य क्षेत्रका सेयद माटिन होसेइनीलाई तेस्रो राउन्डमा ‘वाक अप’का आधारमा पराजित गरेका थिए । त्ययसअघि दुवै खेलाडीले समान १९ अंक जोडेका थिए ।

 रमितले मुवाँथाइ तलेमा पनि स्वर्ण  पदक जितेका थिए । त्यहाँ रमितले विपक्षी खेलाडीलाई नकआउट हानेका थिए ।

आइएमएफए युथ मुवाँथाइ च्याम्पियनसिप २०२४ सेप्टेम्बर ११ देखि २० सम्म थाइल्यान्डको राजधानी बैंककमा भएको थियो ।

रमितसहितको टोली आइतबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो ।

रमितको सम्मानमा स्थानीय नव दुर्गा धिमे खलःर मिसा धिमे खलःले नेवारी परम्परागत बाजा धिमे र झ्याली बजाएका थिए ।

वडा परिक्रमामा वडावासी, आफन्तजन, खेलप्रेमी तथा स्थानीय सरस्वती माध्यामिक विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो ।

परिक्रमा वडा कार्यलयबाट सुरु भएर बुद्धपोखरी, च्वे लाछी, खाचा, क्वे लाछी हुँदै थेच्व डोजोमा आएर टुंगिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो