काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली मधेश युनाइटेडले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
मिस नेपाल इन्टरनेसनल २०१७ विजेता नितिले एम्बासडरको रूपमा क्लबसँग जोडिन पाउँदा उनले अत्यन्त खुशी र गर्व महसुस भएको बताएकी छन् ।
क्लबले राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर निरुता ठगुन्नालाई मार्की खेलाडीमा निरन्तरता दिएको छ ।
त्यस्तै, टोलीले कोपिला उप्रेतीलाई प्रशिक्षकमा नियुक्त गरेको छ । इन्फिनिटी ड्रिम्सको आयोजनामा एभरेस्ट महिला भलिबल लिगकाे दोस्रो संस्करण भदौ २०देखि २८ गतेसम्म हुनेछ ।
भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS