काठमाडौं । नेपाल एपिएफ क्लब र गण्डकी प्रदेश भलिबल संघले नवौं प्रधानमन्त्री कप एनभिए लिगमा पुरुषतर्फ विजयी सुरुआत गरेका छन् ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा बिहीबार सम्पन्न पुरुषतर्फको पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३-० को सोझो सेटमा हरायो ।
एपिएफले २५-१९,२५-१६,२५-१६ को एकतर्फी जित दर्ता गर्यो ।
यता दोस्रो खेलमा गण्डकीले कोशी प्रदेश खेलकुद विकाश परिषद्लाई ३-१ सेटमा हरायाे । गण्डकीले खेल २५-१५, २१-२५, २५-२२, २५-२० ले आफ्नो पक्षमा पार्यो ।
यसैगरी बिहीबारै सम्पन्न महिलातर्फको खेलमा एपिएफले कर्णाली प्रदेश खेलकुद विकाश परिषद्लाई ३-० तथा एभरेस्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेका थिए ।
भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?