चैत्र १८, २०८२ बुधबार | १२:४९:२२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

नेपालसँग माल्दिभ्स सोझो सेटमा पराजित

काठमाडौं । घरेलु भूमिमा सन् २०१९ मा बेहोरेको हारको बदला लिँदै नेपाल पुरुष भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आइतबार माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको छ ।

बंगलादेशको ढाकामा भएको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेसँगै प्रतियोगितामा दोस्रो जित निकालेको छ । मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, हरि हजुर थापा, विनोद चन्दले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले माल्दिभ्सलाई सहजै पराजित ग¥यो ।

नेपालले प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २७–२५ले आफ्नो नियन्त्रणमा राख्यो । दोस्रो सेटमा समेत माल्दिभ्सविरुद्ध दबाब बनाउँदै २५–१९ ले जित्यो । अन्तिम तथा निर्णायक सेटमा समेत आफ्नो लयलाई निरन्तरता दिँदै २५–२३ ले जित हात पा¥यो ।

दुई वर्षअघि नेपालमै भएको पछिल्लो संस्करणमा माल्दिभ्सविरुद्ध नेपाल सोझो सेटमा पराजित भएको थियो । जितपछि नेपालले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्न सम्भावना कायम छ ।

यसअघि प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपाली टोली आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको थियो । त्यसपछिका खेलमा उज्वेकिस्तानलाई सोझो सेटमा हराएपनी श्रीलंकासँग ३१ को सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा ४ खेल खेलेको नेपालले दुई जित र दुई हार बेहोर्दै ६ अंक जोडेको छ । आजै भएको महिला तर्फको खेलमा उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गर्दै महिला टोली फाइनल प्रवेश गरेको छ ।

२ खेल खेलेका बंगलोदश र श्रीलंकाको समेत ६ अंक छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो