चैत्र १८, २०८२ बुधबार | १२:३४:०२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

हेल्प नेपाल लगातार दोस्रो खेलमा विजयी

फाइल तस्विर ।

काठमाडौं । नेपालको हेल्प नेपाल स्पोर्टस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार हेल्प नेपालले गण्डकी प्रदेशविरुद्ध ३-१ सेटको जित निकाल्यो ।

जितसँगै हेल्प नेपालले दुई खेलमा पाँच अंक जोडेको छ । दुवै खेलमा पराजित गण्डकीको समान खेलबाट एक अंक छ ।

पहिलो खेलमा हेल्प नेपालले भारतको क्यालिकट हिरोजलाई ३-२ को सेटमा पराजित गर्दा गण्डकीले मल्दिभ्सको क्लब एचडिसीसँग ३-२ सेटकै हार ब्यहोरेको थियो ।

सुरुआती दुई सेट २५-१५, २५-२३ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले तेस्रो सेट भने २३-२५ ले गुमायो ।

चौथो सेटमा २५-१६ को सहज जित निकाल्दै हेल्प नेपालले विजयी यात्रालाई कायम राख्यो ।

अब सोमबार गण्डकीले इरानको यु-१८ टोली तथा हेल्प नेपालले बुधबार क्लब एचडिसीको साना गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो