काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा गण्डकी थन्डर्सले पहिलो जित दर्ता गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) कभर्डहलमा बिहिबार ललितपुर क्विन्सविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्यो ।
पहिलो निकै प्रतिस्पर्धात्मक पहिलो सेट २७-२९ ले गुमाएको गण्डकीले त्यसपछिका दुई सेट २५-२३, २५-१२ ले आफ्नो पक्षमा पारेको थियो ।
चौथो सेटमा ललितपुरले २५-१३ को सहज जित निकालेपछि खेल लम्बियो । गण्डकीले पाँचौं तथा निर्णयक सेटमा १५-७ ले आफ्नो पक्षमा पार्दै पहिलो जित दर्ता गर्यो ।
जितसँगै चार खेलमा तीन अंक जोडेको छ । गण्डकीले यसअघि चितवन शक्ति र काठमाडौं स्पाइकर्ससँग समान ३-१ र कर्णाली यश्विससँग ३-२ को सेटमा पराजित भएको थियो ।
लगातार दोस्रो हार ब्यहोरेको ललितपुरले समान खेलबाट सात अंक जोडेको छ । यसअघि काठमाडौं र मधेश युनाइटेडलाई समान ३-१ को सेटमा हराएको ललितपुर कर्णालीसँग ३-० को सेटमा हार ब्यहोरेको थियो ।
लिग चरणको अन्तिम खेलमा शुक्रबार गण्डकीले मधेश र ललितपुरले चितवनको सामना गर्नेछन् ।
बिहीबारै सम्पन्न खेलमा काठमाडौंले मधेशलाई ३-१ तथा कर्णालीले चितवनलाई ३-२ को सेटमा पराजित गरे ।