काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा काठमाडौं स्पाइकर्सले लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार काठमाडौंले गण्डकी थन्डर्सलाई ३-१ को सेटमा पराजित गर्यो ।
प्रतिस्पर्धात्म पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट २५-१९ ले गुमायो । त्यसपछिका दुई सेटमा काठमाडौं २५-२१, २५-१८ ले विजयी भयो ।
जितसँगै तीन खेलमा ६ अंक जोडेको काठमाडौं दोस्रो स्थानमा उक्लिएको छ । तीनै खेलमा पराजित गण्डकी एक अंकका साथ पाँचौं स्थानमा छ ।
यसअघि ललितपुर क्विन्ससँग ३-१ को सेटमा पराजित भएको काठमाडौंले चितवन शक्तिलाई ३-१ कै सेटमा हराएको थियो ।
यता गण्डकीले चितवनसँग ३-१ र कर्णाली यश्विजसँग ३-२ को सेटमा हार ब्यहोरेको थियो ।
बिहीबार काठमाडौंले मधेश युनाइटेड तथा गण्डकीले ललितपुरको सामना गर्नेछन् ।
बुधबारै सम्पन्न खेलमा कर्णालीले ललितपुरलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।