काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को पहिलो संस्करण सोमबारबाट सुरु हुँदैछ ।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागि हुनेछन् ।
प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णाली यसभिसले प्रतिस्पर्धा गर्ने छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रतियोगिताको पहिलो दिन ३ खेल हुनेछन् ।
उद्घाटन खेलमा काठमाडौं स्पाइकर्स र ललितपुर क्विन्स भिड्ने छन् । खेल असोज दिउँसो ३ः४५ मा सुरु हुनेछ ।
साँझ ५ः४५ मा सुरु हुने खेलमा मधेश युनाइटेड र कर्णाली यसभिस तथा राति ७ः४५ चितवन शक्ति र गण्डकी थन्डर्स प्रतिस्पर्धा गर्नेछन् ।
सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टोली उपाधिका लागि भिड्नेछन् । फाइनल असोज १९ गते हुनेछ ।
प्रतियोगिताका लागि टिकट दर भिआइपीतर्फ १ हजार ५०० र साधारणतर्फ १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।