काठमाडौं । एभरेस्ट महिला भलिबल (इडब्ल्युभिएल) का लागि फ्रेन्चाइज टोली ललितपुर क्विन्सले थाइल्यान्डका तीन खेलाडीलाई अनुबन्ध गरेको छ ।
स्टाड्ता चुइलिम, वारन्या श्रीलोङ र पत्राथिप सान्त्रकोनले ललितपुरबाट लिग खेल्ने छन् । यससँगै ललितपुरले आफ्नो १२ सदस्यीय टोली तयार पारेको छ ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगिताका फ्रेन्चाइजले एक खेलाडी ‘ट्यालेन्ट हन्ट’ बाट छनोट गर्नुपर्ने नियम बनाएको छ ।
प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णाली यसभिसले सहभागिता जनाउने छन् ।
ललितपुरले उद्घाटन खेलमा काठमाडौं स्पाइकर्सको सामना गर्नेछ ।
ललितपुरको टोली
सलिना श्रेष्ठ (मार्की), पुनम चन्द, कामना विष्ट, साफिया पुन, निशा चौधरी, नेहा चौधरी, भावना तामाङ, अनुषा चौधरी, ज्याक्युशा थापा (ट्यालेन्ट हन्ट), स्टाड्ता चुइलिम, वारन्या श्रीलोङ , पत्राथिप सान्त्रकोन (तीनै खेलाडी थाइल्यान्डबाट)