चैत्र १८, २०८२ बुधबार | १३:०२:२३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

एपिएफ समूह विजेता

फाइल फोटो

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ समूह विजेता बन्दै क्वार्टरफाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा मंगलबार एपिएफले सुदूरपश्चिम प्रदेशमाथि ३-२ सेटको रोमाञ्चक जित निकाल्यो । हार ब्यहोरे पनि सुदूरपश्चिम उपविजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गर्यो ।

जितसँगै समूह ‘बी’मा एपिएफले दुई खेलमा पाँच अंक जोड्यो । सुदूरपश्चिमले दुई खेलमा चार अंक जोड्यो ।

सुरुआती दुई सेट २४-२६, १९-२५ ले गुमाएको एपिएफले त्यसपछिका दुई सेट २८-२६,२५-२२, १५-१३ ले आफ्नो पक्षमा पार्यो ।

मंगलबार नै साविक विजेता हेल्प नेपाल स्पोर्टस क्लबले ढोरपाटन स्पोर्टस क्लबलाई २५-१८, २५-१५,२५-१४ ले पराजित गर्यो ।

महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन् ।

आर्मीले कर्णाली प्रदेशलाई २५-१६,२५-२३, २५-७ ले हरायो । पुलिसले एभरेष्ट भलिबल क्लबमाथि २५-२७, २५-१८,१६-१५, २७-२५, १५-९ को रोमाञ्चक जित निकाल्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो