जेष्ठ ११, २०८२ शनिबार | २२:१७:५४
हेल्प नेपालको विजयी यात्रा जारी एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि हुने रामे मगरको टोलीले जित्यो प्रो-एमको उपाधि पुलिसविरुद्ध गण्डकी सोझो सेटमा विजयी साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा हुने सुशीलकुमार शाहीलाई वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि एसियाली एथलेटिक्स च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान न्यु डायमन्डको पुनरागमन जित एपिएफ र पुलिस लगातार दोस्रो खेलमा विजयी हेल्प नेपालको विजयी यात्रा जारी एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि हुने रामे मगरको टोलीले जित्यो प्रो-एमको उपाधि पुलिसविरुद्ध गण्डकी सोझो सेटमा विजयी साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा हुने सुशीलकुमार शाहीलाई वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि एसियाली एथलेटिक्स च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान न्यु डायमन्डको पुनरागमन जित एपिएफ र पुलिस लगातार दोस्रो खेलमा विजयी

एसियाली खेलकुदः भलिबलमा नेपाल भियतनामसँग पराजित

काठमाडौं । चीनको हाङझउमा जारी १९ औं एसियाली खेलकुदको महिला भलिबलमा नेपाल भियतनामसँग ३-० को सोझो सेटमा पराजित भएको छ ।

१५ मिनेट चलेको पहिलो सेटमा नेपाल ४-२५ ले पराजित भयो ।  दोस्रो सेटमा केही सुधारिएको प्रदर्शन गरे पनि नेपाल १६-२५ ले पछि पर्यो । यो सेट २१ मिनेटसम्म चलेको थियो ।

 २० मिनेट चलेको तेस्रो नेपालले १३-२५ ले गुमायो । पोल ‘सी’ को नेपालले सोमबार दक्षिण कोरियाको सामना गर्नेछ ।

पब्जी टोलीको यात्रा सेमिफाइनलमै सिमित 

इस्पोर्टसको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको छ ।
शनिबार बिहान चाइना हाङझाउ इस्पोर्टस सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ‘ए’ मा नेपाल तेस्रो स्थानमा रह्यो । 

फाइनल चरणमा पुग्नका लागि सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम रहेकोमा नेपाल तेस्रो भएपछि फाइनल चरण पुग्न सकेन ।

सुबिनकुमार प्रजापती, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई सम्मिलित नेपाली टिमले ५४ मिनेट ३३.३४६ सेकेन्ड टाइमिङ निकाल्यो ।  

यो समूहबाट दक्षिण कोरिया ५० मिनेट ३७.१५१ सेकेन्ड टाइमिङसहित पहिलो र चाइनिज ताइपेई ५२ मिनेट १९.३९३ सेकेन्ड टाइमिङसहित दोस्रो स्थानमा रहेर फाइनल चरण पुगेका छन् । नेपालले जापानलाई भने पछि पारेको थियो । 

सेमिफाइनल चरणको समूह बी को खेल शनिबार दिउँसो हुनेछ । सेमिफाइनलमा दुवै समूहबाट शीर्ष दुई टोली फाइनल चरण पुग्नेछ र फाइनल चरणमा शीर्ष तीन स्थानमा रहनेले पदक जित्नेछन् ।

नेपालले यसअघि दुई चरणको एलिमिनेसन राउण्ड पार गर्दै सेमिफाइनल  प्रवेश गरेको थियो ।

ह्यान्डबलमा जितविहन

एसियाली खेलकुदमा महिला ह्यान्डबल टोली जितविहिन हुँदै बाहिरिएको छ । 

सेन्जियाङ नर्मल युनिभरसिटीको साओशन जिम्नाजियमा सम्पन्न पोल ‘बी’ को  अन्तिम खेलमा नेपाल भारतसँग ४४-१९ ले पराजित भयो ।

यसअघि नेपाल चीनसँग ५७-१०, जापानसँग ६२-१० र हङकङसँग २७-१८ ले निरास बनेको थियो ।

भारोत्तोलनबाट बाहिरिइन् टीका

 महिला ५५ केजीको प्रतिस्पर्धामा टीकामाया गुरुङ बाहिरिएकी छन् ।

साओशन स्पोर्टस जिम्नाजियमा भएको समूह  ‘बी’ को खेलमा टीकाले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८६ गरि कुल १ सय ४६ केजी भार वहन गरिन् ।

स्न्याचमा टीकाले पहिलो र दोस्रो लिफ्टमा ६० केजी भार उचाल्ने प्रयास गरे पनि सफल हुन सकिनन् ।

क्लिन एन्ड जर्कमा टीकाले पहिलो लिफ्टमा ८० तथा दोस्रो लिफ्टमा ८६ केजी तौल उठाएकी थिईन ।

क्लिन एन्ड जर्कको आफ्नो तेस्रो लिफ्टमा टीकाले ९० केजी तौल उठाउन सकिनन् ।

 


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL