१९ औं एसियाली खेलकुद

एसियाली खेलकुदका लागि भलिबल टोली चिन प्रस्थान

काठमाडाैं । चीनको हाङ्झाउमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली महिला भलिबल टोली  बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।

पहिलो  पटक  एसियाली खेलकुदमा सहभागिता जनाउन लागेकाे  नेपाल कठिन समूहमा परेको छ । पोल ‘सी’ मा नेपाल, भियतनाम र दक्षिण कोरिया छन् ।

नेपालले शनिबार भियतनामसँग पहिलो खेल खेल्ने छ । यसैगरी सोमबार दक्षिण कोरियाको सामना गर्नेछ ।

नेपाली टोली 
जानकी भण्डारी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, पुनम चन्द, सरस्वती चौधरी, संगम महतो, प्रतिभा माली, सफिया पुन, अरुणा शाही, सलिना श्रेष्ठ , निरुता ठगुन्ना