चैत्र १८, २०८२ बुधबार | १३:१२:०८
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

लामाचौर कप भलिबलः गण्डकी च्याम्पियन

पोखरा ।  नेपाल पुलिस क्लबलाई ३-२ सेटमा हराउँदै घरेलु टिम गण्डकी प्रदेश लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ च्याम्पियन बनेको छ ।

लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको भलिबल कोर्टमा  मंगलबार भएको फाइनलमा पहिलो सेट २३-२५ ले गुमाएको गण्डकीले दोस्रो सेट २५-१९ ले जित्यो ।

तेस्रो सेट २१-२५ ले गुमाएको गण्डकी त्यसपछिका दुई सेट आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्यो । चौथो सेटमा २०-२३ ले पछि परेको अवस्थानमा उत्कृष्ट पुनरागमन गर्दै गण्डकीले २५-२६ को जित निकाल्यो । पाँचौं तथा अन्तिम सेटमा गण्डकी १५-११ ले विजयी भयो ।

विजेता गण्डकीले उपाधिसहित १ लाख ५० हजार तथा उपविजेता पुलिसले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

गत वर्ष पनि यी दुवै टिम फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार बाँडेर लिएका थिए । खराब प्रकाशका कारण सोमबारको फाइनल १-१ सेटको बराबरीपछि मंगलबारका लागि सरेको थियो । तेस्रो बनेकाे सशस्त्र प्रहरी बलको एपिएफ क्लबले  ५० हजार  रुपैयाँ पायो ।

प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै गण्डकीका हरि पाण्डे (वेस्ट ब्लकर), किरण गुरुङ (वेस्ट स्पाइकर) र रमेश केसी (वेस्ट कोच) बने । पुलिसका कुलबहादुर थापा (वेस्ट सर्भर), अभिषेक थापा (वेस्ट सेटर) र भीम गाहा (वेस्ट लिबेरो) घोषित भए ।

नेपाल पुलिस क्लबले सोमबार  न्यु डायमन्ड युथ स्पोर्टस क्लबलाई ३-१ को सेटमा हराउँदै महिलातर्फको उपाधि जितेको थियो । विजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गरे ।

नवआदर्श सामुदायिक विकास समाजको  आयोजनामा भएको भलिब प्रतियोगिताान महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीले सहभागिता जनाएका थिए


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो