माघ १९, २०८२ सोमबार | ०२:३१:३९
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

लामाचौर कप भलिबलः गण्डकी च्याम्पियन

पोखरा ।  नेपाल पुलिस क्लबलाई ३-२ सेटमा हराउँदै घरेलु टिम गण्डकी प्रदेश लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ च्याम्पियन बनेको छ ।

लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको भलिबल कोर्टमा  मंगलबार भएको फाइनलमा पहिलो सेट २३-२५ ले गुमाएको गण्डकीले दोस्रो सेट २५-१९ ले जित्यो ।

तेस्रो सेट २१-२५ ले गुमाएको गण्डकी त्यसपछिका दुई सेट आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्यो । चौथो सेटमा २०-२३ ले पछि परेको अवस्थानमा उत्कृष्ट पुनरागमन गर्दै गण्डकीले २५-२६ को जित निकाल्यो । पाँचौं तथा अन्तिम सेटमा गण्डकी १५-११ ले विजयी भयो ।

विजेता गण्डकीले उपाधिसहित १ लाख ५० हजार तथा उपविजेता पुलिसले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

गत वर्ष पनि यी दुवै टिम फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार बाँडेर लिएका थिए । खराब प्रकाशका कारण सोमबारको फाइनल १-१ सेटको बराबरीपछि मंगलबारका लागि सरेको थियो । तेस्रो बनेकाे सशस्त्र प्रहरी बलको एपिएफ क्लबले  ५० हजार  रुपैयाँ पायो ।

प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै गण्डकीका हरि पाण्डे (वेस्ट ब्लकर), किरण गुरुङ (वेस्ट स्पाइकर) र रमेश केसी (वेस्ट कोच) बने । पुलिसका कुलबहादुर थापा (वेस्ट सर्भर), अभिषेक थापा (वेस्ट सेटर) र भीम गाहा (वेस्ट लिबेरो) घोषित भए ।

नेपाल पुलिस क्लबले सोमबार  न्यु डायमन्ड युथ स्पोर्टस क्लबलाई ३-१ को सेटमा हराउँदै महिलातर्फको उपाधि जितेको थियो । विजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गरे ।

नवआदर्श सामुदायिक विकास समाजको  आयोजनामा भएको भलिब प्रतियोगिताान महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीले सहभागिता जनाएका थिए


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।