एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग

पुनम र अइमल सर्वोकृष्ट

फाइल तस्बिर

काठमाडौं । नेपाल पुलिस क्लबकी पुन चन्द र हेल्प नेपाल स्पोर्टस क्लबका अइमल खान सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल क्लब लिगका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

आ- आफ्नो टोलीलाई अपराजित रहँदै च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका पुनम महिला तथा अइमल पुरुषतर्फ सर्वोकृष्ट चुनिएका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न पुरुषतर्फको फाइनलमा हेल्प नेपालले  पुलिसलाई ३-१ को सेटमा हराएको थियो ।

महिलतर्फको फाइनलमा पुलिसले नेपाल एपिएफ क्लबमाथि ३-१ सेटकै जित निकालेको थियो ।

पुरुषतर्फ हेल्प नेपालका टोबहादुर थापा (दीपक) उत्कृष्ट लिबेरो, अदनान खान उत्कृष्ट सेटर, मजहर अली उत्कृष्ट स्पाइकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक चुनिए । यसैगरी एपिएफका हेमन्त मल्ल उत्कृष्ट सर्भर, आर्मीका दुर्गा खड्का उत्कृष्ट ब्लकर र पुलिसका रोविन चन्द उदीयमान खेलाड घोषित भए ।

यसैगरी महितर्फ पुलिसका शान्तिकला तामाङ उत्कृष्ट लिबेरो, कमला पुन उत्कृष्ट सेटर, उषा भण्डारी उत्कृष्ट स्पाइकर र रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । यसैगरी एपिएफकी सरस्वती चोधरी  उत्कृष्ट सर्भर, आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर र न्यू डायमन्डकी सुमित्रा रेग्मी उदीयमान खेलाडी चुनिए ।  

दुवैतर्फका सर्वोकृष्ट खेलाडीले ३५ हजार, विधागत उत्कृष्टले १५ हजार र उदीयमान खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरे ।