चैत्र १६, २०८२ सोमबार | ११:०३:११
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

हेल्प नेपाल च्याम्पियन

काठमाडाैं । हेल्प नेपाल स्पोर्टस क्लब सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा पुरुषतर्फ अपराजित रहँदै च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सम्पन्न फाइनलमा हेल्प नेपालले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा २५-१९ को जित निकालेको हेल्प नेपालले दोस्रो सेट ११-२५ ले गुमाएको थियो । त्यसपछिका २ सेट २५-१८ र २५-१८ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपाल च्याम्पियन बनेको हो ।

लिग चरणबाट हेल्प नेपाल शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका थिए । च्याम्पियन बनेको हेल्प नेपालले ६ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको पुलिसले ३ लाख रुपैयाँ पायो ।

साबिक विजेता त्रिभुवन आर्मी क्लबले तेस्रो र नेपाल एपिएफ क्लबले चौथौ स्थान हासिल गरे । उनीहरुले क्रमशः १ लाख ५० र ७५ हजार रुपैयाँ प्राप्त गरे ।

पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, दावाँली मिलन क्लब, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लब रामेछाप सहभागी थिए ।  

यसैगरी महितार्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लले जितको छ । पुलिसले एपिएफ क्लबाई ३-१ को सेटमा हराएकाे हाे ।

च्याम्पियन बनेको पुलिसले ६ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको एपिएफले ३ लाख रुपैयाँ पायो ।

न्यू डायमन्ड युथ स्पोर्टस स्पोर्टस क्लबले तेस्रो र साबिक विजेता त्रिभुवन आर्मी क्लबले चौथौ स्थान हासिल गरे । उनीहरुले क्रमशः १ लाख ५० र ७५ हजार रुपैयाँ प्राप्त गरे ।

महिलातर्फ नेपाल पुलिस क्लब, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेस्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघको सहभागिता थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो