माघ १७, २०८२ शनिबार | २२:१४:२९
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

हेल्प नेपाल च्याम्पियन

काठमाडाैं । हेल्प नेपाल स्पोर्टस क्लब सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा पुरुषतर्फ अपराजित रहँदै च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सम्पन्न फाइनलमा हेल्प नेपालले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा २५-१९ को जित निकालेको हेल्प नेपालले दोस्रो सेट ११-२५ ले गुमाएको थियो । त्यसपछिका २ सेट २५-१८ र २५-१८ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपाल च्याम्पियन बनेको हो ।

लिग चरणबाट हेल्प नेपाल शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका थिए । च्याम्पियन बनेको हेल्प नेपालले ६ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको पुलिसले ३ लाख रुपैयाँ पायो ।

साबिक विजेता त्रिभुवन आर्मी क्लबले तेस्रो र नेपाल एपिएफ क्लबले चौथौ स्थान हासिल गरे । उनीहरुले क्रमशः १ लाख ५० र ७५ हजार रुपैयाँ प्राप्त गरे ।

पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, दावाँली मिलन क्लब, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लब रामेछाप सहभागी थिए ।  

यसैगरी महितार्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लले जितको छ । पुलिसले एपिएफ क्लबाई ३-१ को सेटमा हराएकाे हाे ।

च्याम्पियन बनेको पुलिसले ६ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको एपिएफले ३ लाख रुपैयाँ पायो ।

न्यू डायमन्ड युथ स्पोर्टस स्पोर्टस क्लबले तेस्रो र साबिक विजेता त्रिभुवन आर्मी क्लबले चौथौ स्थान हासिल गरे । उनीहरुले क्रमशः १ लाख ५० र ७५ हजार रुपैयाँ प्राप्त गरे ।

महिलातर्फ नेपाल पुलिस क्लब, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेस्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघको सहभागिता थियो ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।