एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

पुलिसको लगातार तेस्रो जित

काठमाडौं । विभागीय टोली नेपाल क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिलातर्फ लगातार तेस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा साेमबार सम्पन्न तेस्रो खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

पुलिस खेल २५-१७, २५-१२ र २५-१२ ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै पुलिसले ३ खेलमा ९ अंक जोड्दा लगातार दोस्रो हार ब्यहोरेको आर्मीको १ अंक छ । यसअघि पुलिसले गण्डकी प्रदेश र एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदा आर्मी नेपाल एपिएफ क्लबसँग ३-२ को सेटमा पराजित भएको थियो ।

अब पुलिस बुधबार एपिएफ र आर्मीले मंगलबार न्यू डायमन्ड युथ स्पोर्टस क्लबको सामना गर्नेछन् ।

साेमबार नै सम्पन्न खेलमा एपिएफले गण्डकी र न्यू डायमन्डले एभरेस्ट माथि ३-० को सोझो सेटको जित निकाले।

यसैगरी पुरुषतर्फ हेल्प नेपालले दावाँली मिलन, आर्मीले गण्डकी र पुलिसले शैलुङ बागढुङ्गासँग प्रतिस्पर्धा गर्नेछन् ।