एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

आर्मीले शैलुङ्गलाई हरायो

फाइल फोटो

काठमाडौं । विभागीय टोली टोली त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) कभर्ड हलमा शनिबार सम्पन्न खेलमा साबिक विजेता आर्मीले शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।  

आर्मीले खेल २८-८, २५-१३ र २५-१७ ले आफ्नो पक्षमा पारेको हो ।

अब आइतबार आर्मीले दावाँली मिलन क्लब र शैलङ्गले हेल्प नेपाल स्पोर्टस क्लबको सामना गर्नेछन् ।

शनिबार नै सम्पन्न महिलातर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले गण्डकी प्रदेशमाथि ३-० को सोझो सेटको जित निकाल्यो ।

पुरुषतर्फ शनिबार नै हुने अन्य खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबले दावाँली मिलन क्लबको सामना गर्नेछन् ।